«

»

बछौलीमा सडक नाटक

बछौली, ५ पुस । लियो क्लब अफ चितवन सौराहा र बरपीपल कृषक महिला समूहको संयुक्त आयोजनामा शनिबार जलवायु परिवर्तन र त्यसको न्यूनीकरणसम्बन्धी सडक नाटक मञ्चन गरिएको छ ।
साविकको बछौली मालपुरचोकमा भएको उक्त सडक नाटक कार्यक्रममा समाजसेवी गोविन्द पाण्डे प्रमुख अतिथि रहेका थिए । बरपीपल कृषक महिला समूहकी अध्यक्ष प्रथम उपाध्यक्ष सीता रिजाल, बाघमारा सामुदायिक वनका प्रतिनिधि राजन भट्टलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम लियो क्लब अफ चितवन सौराहाका अध्यक्ष पिताम्वर सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।