«

»

चौतारीको अधिवेशन साउन ३१ मा

सञ्चारपत्र सम्वाददाता
भरतपुर ६ साउन
प्रेस चौतारी चितवनको छैटौं जिल्ला अधिवेशन साउन ३१ गते भरतपुरमा हुने भएको छ । जिल्ला कमिटिको मंगलवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको संयोजकत्वमा मुल तयारी समिति गठन गरेको छ । अधिवेशनले चितवनमा नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
वैठकले उपाध्यक्ष शिशिर सिंखडाको संयोजकत्वमा व्यवस्थापन उपसमिति, सचिव तीर्थ नेपालको संयोजकत्वमा संगठन सुदृढिकरण उपसमिति र कोषाध्यक्ष सुवास पण्डितको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । साथै नयाँ सदस्यता र सदस्यता नविकरण आगामी साउन २५ गते सम्ममा गरिसक्न सम्पूर्ण सदस्यहरुलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी अधिवेशनलाई ब्यबस्थित ढंगले सम्पन्न गराउनका लागि विगतमा झैँ सहयोग गरिदिन चौतारीले सरोकारवाला सबैमा आगह गरेको छ । शाखा अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा सम्पन्न वैठकमा एमाले चितवनका प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारी, चौतारीका नारायणी अञ्चल कमिटी अध्यक्ष तिलकराम रिमाल, प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी लगायतले अधिवेशन तयारी र चौतारीको गतिविधि सम्बन्धमा मन्तव्य राखेका थिए ।