«

»

सरसफाईमा भनपा प्रथम

सञ्चारपत्र सम्वाददाता
भरतपुर ६ साउन
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवनले कार्यालय परिसर सफा राख्ने काम गरेकोमा सरकारी
कार्यालयतर्फ भरतपुर नगरपालिका लाई उत्कृष्ठ सम्मान गरेको छ ।
चितवनका विभिन्न २५वटा सरकारी कार्यालयमा गरीएको अनुगमनका आधारमा नगरपालिकालाई
सरसफाईको नमुना कार्यालयका रुपमा सम्मानित गरिएको हो । समितिकासंयोजक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख चक्रपाणि शर्मा आचार्यले सरसफाईमा तालिम केन्द्र, व्यारेक, जिविस, खानेपानी कार्यालय अव्वल मानिएपनि उनीहरु आयोजक समितिमा समावेश भएकाले छनौट नगरिएको बताए ।
यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्ड द्वितीय, जिल्ला प्रशासन कार्यालय तृतीय भएको छ । कार्यालयको सरसफाइलाई आधार मानेर उत्कृष्टता छनौट गरीएको समितिका सहसंयोजक एवम् भरतपुर टोलविकास सस्था समन्वय समितिका संयोजक हिरामणि अधिकारीले जानकारी दिए ।
चितवन जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला अभियान अन्तर्गत सरकारी कार्यालयको सरसफाई स्थिति सुधारकालागि अभियान थालिएको समितिले जनाएको छ । उत्कृष्टका रुपमा सम्मानित कार्यालयको पुनः ६ महिनापछि निरिक्षण गरिने पनि समितिले जनाएको छ ।