«

»

पत्रकारिताको संस्थागत विकासमा सघाउने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

Mahasangh hastantaranसञ्चारपत्र सम्वाददाता
भरतपुर, १२ साउन

नेपाल पत्रकार महासंघ, चितवनले जिल्लामा पत्रकारिताको संस्थागत विकासका सन्दर्भमा सरकारी कार्यालयका प्रमुखहरुसँग सोमबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तक्र्रियामा पत्रकार महासंघ चितवनको भवन निर्माणमा सहयोग गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सकारात्मक देखिएका छन् । कार्यालय प्रमुखहरुले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको निर्माणाधिन भवन निर्माणलाई पूर्णता दिन आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
छलफलको क्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिले पत्रकारहरुलाई समाजमा सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राखिदिन सुझाएका छन् । सकारात्मक र विकास पत्रकारितालाई प्राथमिकता दिन उनीहरुले आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले सेवाप्रदायक निकायहरुलाई खबरदारी तथा सत्यतथ्य समाचारको सम्प्रेषणबाट समाज विकासमा पत्रकारहरुले पु¥याउने योगदानको प्रशंसा गरे । उनले सरकारी निकायका कर्मचारी र पत्रकारहरुबीच समन्वयात्मक सहकार्य हुन जरुरी रहेको भन्दै छलफल कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरे ।
पत्रकारको पेशालाई मर्यादित बनाउन समयसमयमा आचारसंहिता पालनाको अनुगमन गर्न पनि महासंघसँग प्रजिअ शर्माको आग्रह थियो । चितवनको मिडियाको स्तर राजधानीको बराबर रहेको भन्दै उनले छिटो सूचना दिने नाममा गलत सूचना सम्प्रेषण हुनसक्नेतर्फ सचेत गराए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले चितवनको पत्रकारिताले व्यवसायिक धर्म निर्वाह गरेको तथा विकृति विसंगति बिरुद्ध कलम चलाएको आफुले पाएको बताए । व्यवसायिकताले दिगोपना हुने सुझाव दिँदै कार्कीले पत्रकारितामा राजनीतिक रङ्ग मिसिन नहुने धारणा राखे ।
जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख केहरसिंह गोदारले राम्रा कामको बारेमा चर्चा गरे कर्मचारीहरुलाई उर्जा मिल्ने भन्दै सकारात्मक सन्देशमूलक समाचारलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
जिल्ला विकास समिति, चितवनका योजना अधिकृत पुरुषोत्तम पौडेलले समाचारको मह¤वको आधारमा प्रकाशन प्रशारण गर्न तथा समाचार प्रकाशन प्रशारण गर्दा त्यसले पार्ने प्रभावको बारेमा समेत पूर्वानुमान गर्न उनको आग्रह थियो ।
भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टिकाराम कँडेलले पत्रकार महासंघको संस्थागत विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा चितवनका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयका काम कारवाहीबारे जनताबीच समाचार सम्प्रेषण गरेर पत्रकारहरुबाट धेरै सहयोग पाएको बताए । पत्रकार र सरकारी सेवा प्रदायक कार्यालयहरुबीच निरन्तर संवाद आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले औंल्याएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकार महासंघको संस्थागत विकास हुँदा चितवनको समग्र विकासमा समेत सहयोग पुग्ने बताए । पत्रकार महासंघ चितवन सरकारी कार्यालयहरुबीच सधैँ सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाई थियो । पत्रकार महासंघले छलफल कार्यक्रममा उठेका विषयलाई टिपोट गरिएको र त्यसलाई विश्लेषण गरेर अगाडि बढ्ने जनाएको छ ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कृष्ण गिरी, निवर्तमान अध्यक्ष जनक अर्याल, सल्लाहकार रमेशकुमार पौडेल, उपाध्यक्ष दिपेन्द्र बडुवाल, सचिव कृष्णचन्द्र भट्टराई र महासंघका केन्द्रिय प्रतिनिधि सूर्यप्रकाश कँडेलले पत्रकार महासंघको संस्थागत विकाससँगै पत्रकारिताको गुणस्तरीय विकासले समाजको बृहत्तर विकासमा सहयोग पु¥याउने भएकोले यसका लागि सहयोग गर्नु सरोकारवाला सवैको कर्तव्य हुने बताए । पत्रकार महासंघको भवन निर्माण पूरा भएपछि मिडिया सेन्टरको विकास गरिने र त्यसबाट सरकारी र नीजि क्षेत्रलाई समेत सहयोग पुग्ने भएकोले सकेसम्म छिटो यो काम सम्पन्न गर्न सघाउन पनि उनीहरुको आग्रह थियो ।
त्यस अवसरमा सेवा निवृत्त भई अवकास लिने तयारीमा रहेका चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई नेपाल पत्रकार महासंघ चितवनको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।