«

»

तीज मर्यादित बनाउन आग्रह

भरतपुर, ५ साउन । जिल्ला प्रशासन कार्यालय, चितवनले नजिकिँदै गरेको हरितालिका (तीज)लाई संस्कृति र सामाजिक मर्यादाअनुसार मनाउन आग्रह गरेको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गरी पर्वका नाममा तडकभडक र खर्चिलो तरिका नअपनाउन भनेको छ । यसको जिल्ला प्रशासन कार्यालय, प्रहरी र आन्तरिक राजस्व कार्यालयले समेत नियमित अनुगमन गर्ने भएको छ ।
कार्यालयको आग्रहलाई बेवास्ता गरी सामाजिक रूपमा विकृति ल्याउने प्रयास गरिएको भेटिएमा सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ बमोजिम कारबाही गर्ने जिप्रकाले चेतावनी दिएको छ ।