«

»

अस्ताए फत्तेमान : राष्ट्रिय सम्मान दिन सरकारको कन्जुस्याइँ

phattemanसञ्चारपत्र सम्वाददाता
काठमाडौं, २५ भदौ
    ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो….., यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले….., मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन, सान्ननीको गालैमा कालो कोठी रैछ, नजर नै तिरमिर गराउने….., बनै खायो डढेलोले मनै खायो…..’ जस्ता कालजयी गीत गाएका सुमधुर स्वरका धनी बरिष्ठ गायक तथा सङ्गीतकार फत्तेमान अब हामीबाट सदाका लागि बिदा भएका छन् ।
 फोक्सोको क्यान्सरसँग जुध्दा जुध्दै ७७ वर्षको उमेरमा सोमबार राति राजधानीको ओम अस्पतालमा फत्तेमानको निधन भएको हो । वि.सं १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले चारसय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् ।
स्वर्गीय राजभण्डारीको मंगलवार पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार अन्त्येष्टी गरियो । उनको पार्थीव शरीरमा जेठा छोरा रविन्द्र राजभण्डारीले दागवत्ती दिएका थिए ।
स्व. राजभण्डारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पुगेका अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । वरिष्ठ गायक स्व. राजभण्डारीलाई श्रद्धाञ्जलि दिन कला क्षेत्रका व्यक्तिहरुलगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू पशुपति आर्यघाट गएका थिए ।
बरिष्ठ गायक स्व. फत्तेमानप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि पशुपति क्षेत्रमा पुगका थिए । रेग्मीसँग फत्तेमानका परिवारले उहाँलाई राष्ट्रिय सम्मान दिन माग गरेका तर रेग्मीले ‘म आइहालेँ नि, यही हो राष्ट्रिय सम्मान’ भनेर त्यहाँबाट हिंडेका थिए । रेग्मीको जवाफले कलाकार, स्रष्टा र आफन्त आक्रोशित बनेका थिए ।
मन्त्रीपरिषद् अध्यक्ष रेग्मीसँग केही कलाकारहरुले फत्तेमानको कोÈ स्थापना गर्नुप¥यो भनेर माग गरेपनि रेग्मी सुनेको नसुनेझैं गरेर गएका भन्दै कलाकारहरुले गुनासो गरेका थिए । वरिष्ठ गायक फत्तेमान अस्पतालको शैयामा मृत्युसँग जुधिरहँदा सरकारले उहाँलाई उपचार खर्च पनि उपलब्ध नगराएकोमा कलाकारहरुले असन्तुष्टी पोखेका छन् ।
फत्तेमानको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आफन्त र स्थानीयको आग्रहमा उनी जन्मेको र खेले हुर्केको स्थान पशुपति क्षेत्रमा नै राखिएको थियो । स्व. राजभण्डारीका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।