«

»

महिलाका लागी एकिकृत योजना निर्माण गर्नुपर्ने

राजेन्द्र आचार्य 
चितवन, ०४ असार । महिला शसक्तिकरणका लागी राज्यले एकिकृत योजना निर्माण गर्नुपर्ने आवश्यक रहेको सरोकारवाला महिलाहरुले जोड दिएका छन् । चितवनको भरतपुरमा महिला शसक्तिकरण तथा लेखा तालिमको उद्धघाटनशत्रमा सहभागी महिलाहरुले सो कुरामा जोड सदएका हुन् । उनीहरुले राज्यले महिला शसक्तिकरण र नेतृत्व विकास जोड नदिएकै कारण महिलाहरु अगाडी बढ्न नसकेको वताए । कार्यक्रमका सहभागी महिलाहरुले महिला सशक्तिकरणका सवलमा दलिय स्वार्थ बढेको वताउदै महिलाको विकासका लागी दलिय स्वार्थ हटाउन सबै दलहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाशं महिलाहरुले महिलाको सशक्तिकरणमा आएका वजेट पहुच पुगेका महिलाहरुले मात्र उपयोग गरेको आरोप लगाउदै पहुच नपुगेका महिलहरुले पाएनपाएको अनुगमन गर्न सरकारसगं माग समेत गरेका छन् । साथै उनीहरु पहुच नपुगेका महिलाहरुलाई समेट्न स्पष्ट निति बनाउन आग्रह समेत गरे ।

कार्यक्रमको उद्धघाटन गर्दै भरतपुर नगरपालिका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले महिलाहरुको पहुच नपुग्दा नगरमा महिलाको नाममा आएको वजेट विकास निर्माण खर्च भईरहेको सहि ठाउमा वजेट उपयोग महिलाहरु जागरु हुनुपर्ने वताए । उनले भरतपुरको हरेका वडा महिलका नाम ३५ प्रतिशत वजेट महिला, वालवालिका, दलित, पिछडावर्गहरु नाम छुटोपर्ने प्रावधान भएकोले सो महिलाहरु आफै चनाखो भई एकजुट हुन आग्रह गरे । विशेष गरेर भरतपुर नगरपालिकामा आर्थीक सामाजिक र समहुमा आवद्ध भएका महिलाहरुलाई थप सशक्तिकरणसगै लेखा प्रणालीलाई प्रभावकारी वनाउन सो तालिमको आयोजना गरेको महिला सशक्तिकरण तथा परिर्वतनशिल संस्थाकी अध्यक्ष संगिता भट्टराईले जानकारी दिईन् ।

भरतपुर नगरपालिका महिला समन्वय समितिको सहयोगमा महिला सशक्तिकरण तथा परिर्वतनशिल संस्थाले आयोजना गरेको तालिममा ५० जना महिलाहरुको सहभागीता रहेको संस्थाकी सचिव पवित्रा रिजालले जानकारी दिईन् । एक दिने तालिम लेखा परिक्षकद्धय घनश्याम भट्टराई, प्रदिप ओस्तीसगै महिला पत्रकार मञ्च चितवनकी अध्यक्ष शान्ता अधिकारीले प्रशिक्षण दिएका थिए । परिर्वतनशिल संस्थाकी अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाधर कडेल, उमा सापकोटा, ज्ञानु लौडारी,सविता लामा लगायतले बोलेका थिए ।