«

»

माडीमा चट्यांग लागेर आज बिहान एक जना घाईते

माडीको कल्याणपुर ८ गोपालनगरमा चट्यांग लागेर आज बिहान एक जना घाईते भएका छन् । स्थानिय बासु न्यौपानेको घरमा बिहान ८ बजे परेको चट्यांगले घरमा पाहुना आएका ६५ बर्षिया एकजना बृद्धा घाईते भएकोे जनाएका छन् ।
पतेरो खोलामा बाढी आएका कारण घाईतेको थप अवस्था जानकारी हुन सकेको छैन । चट्यांले घरको भित्ता भत्काउनुको साथै सोलार सेट नष्ट गरेको छ । यस्तै माडीको गर्दी ४ वनकटामा चट्यान पर्दा सत्यनारायण बोटको सोलारमा
क्षति पुगेको छ । १० वजेतिर परेको चटयानले मानविय तथा अन्य क्षति भने नभएको स्थानिय जगनारायण बोटेले जानकारी दिनुभयो ।