उद्योग बाणिज्य संघ चितवनमा प्रधान प्यानलको विजयी सुरुवात, गौतम प्यानललाई धक्का

ubsang chitwanपुस २६
नारायणगढ । उद्योग बाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि उम्मेदवारहरुवीच मत माग्न रसाकस्सी नै चलेको छ । प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदका उम्मेदवार सहन प्रधानको प्यानल अगाडि देखिएको छ ।
शनिबार भएको मनोनयन दर्तामा निर्विरोध चयन हुनेमा प्रधान प्यानलका चार जना रहेका छन् ।
महिला तर्फकी रजनी मास्के, क्षेत्रीय तर्फ उद्योग बाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजु र कर्पोरेटतर्फका ऋषिराम पौडेल र पुष्प धिताल रहेका छन् ।
चार जना उम्मेदवारहरु स्वत चयन भएपछि प्रधान प्यानललाई चुनाव जित्न थप हौसला भएको छ ।
चार जना हाम्रो प्यानलका साथीहरु कार्यसमितिमा निर्विरोध भइसकेका छन्, अध्यक्ष पदका उम्मेदवार हालका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले भने, ‘यो शुभ संकेत हो ।’
चितवनबाट प्रकाशित हुँदै आएको कायाकैरन देनिकले पनि पुस २६ गतेको अंकमा प्रकाशित गरे अनुसार मत सर्भेक्षणका आधारमा पनि सहन प्रधानको नेतृत्वलाई मतदाताले रुचाएको देखाएको छ ।

पूर्व अध्यक्षहरुको पूर्ण साथ पाएका प्रधान प्यानल र राजन गौतम प्यानल आम व्यवसायीवीच मत माग्न लागि परिरहेका छन् । संघको ४९ औं साधारणसभा तथा अधिवेशन भोलि सोमबार र पर्सी मंगलबार हुँदैछ ।

प्रधान प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ र उपाध्यक्षहरुमा क्रमश चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ र बद्री अधिकारी रहेका छन् । त्यस्तै गौतम प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषिराम लामिछाने, उपाध्यक्षहरुमा भोजराज कौडाल, पुष्पनिधी लोहनी र विष्णु कँडेल रहेका छन् ।

कारबाहीमा एनसेल

ncellकाठमाडौँ, १६ मङ्सिर । अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ ।

सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार रु पाँच लाख जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।

एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘बेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले राससलाई जानकारी दिनुभयो । रासस

Older posts «

» Newer posts