«

»

खिचरा महोत्सवको तयारी शुरु

khicharaसञ्चारपत्र सम्वाददाता
खैरहनी, २४ पुस
पूर्वी चितवनको खैरहनी नगरपालिका–७, सुल्ताना चौरमा आयोजना हुने दोस्रो खिचरा महोत्सवको तयारी शुरु भएको छ । महोत्सव मूल आयोजक समितिले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै पुस २९ गतेदेखि माघ ३ गतेसम्म आयोजना गरिने महोत्सवको तयारी सुरु गरिएको आयोजकले जनाएको हो ।
महोत्सवको मूल आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का सभापति तथा कार्यक्रम संयोजक नारायणप्रसाद महतोले थारुहरुको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महतोले भने– ‘थारुहरुको संस्कृति लोप हुने अवस्थामा पुगेको छ, यसको जगेर्ना गर्दै नया“ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न महोत्सवले मह¤वपूर्ण भूमिका खेल्नेछ ।’
महोत्सवले चितवनको व्यवसायिक कृषि, पर्यटकीय, व्यापारिक तथा नयाँ नगरपालिका र नगरोन्मुख क्षेत्रको द्रुत गतिमा विकास गर्न टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । गएको वर्षदेखि सुरु गरिएको महोत्सव यस वर्ष पा“च दिनसम्म सञ्चालन गरिने महतोले बताए । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकको चापलाई मध्यनजर गर्दै महोत्सव सञ्चालन गरिने दिन बढाइएको हो’ महतोले भने, ‘यस वर्ष महोत्सवमा थारु डम्फु नाच, झमटा नृत्य, लठ्ठी नाच लगायत अन्य जातजातिको संस्कृति झल्कने झा“की समेत प्रस्तुत गरिने छ ।’
पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरीले खिचरा महोत्सव व्यापारिक भन्दा साँस्कृतिक र स्थानीय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने खालको हुने बताए । ‘महोत्सवले स्थानीय भाषाभाषीका सँस्कृति मार्फत पर्यटन व्यवसायमा टेवा पु¥याउने हामीले विश्वास लिएका छौ“’ चौधरीले भने– ‘चितवन जिल्लामा यो महोत्सव नै एक मात्र भएकाले पनि यसको सान्दर्भिकता र मह¤व रहेको छ ।’
महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि पर्सा बजारको चौबिसकोठीदेखि महोत्सव हुने स्थानसम्म तथा पूर्व पश्चिम राजमार्ग र छेउछाउका गाउ“ तथा सहरमा महोत्सवको व्यानरहरु राखिएको संयोजक चौधरीले बताए । यस वर्षको खिचरा महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, हास्य व्यङ्ग्य प्रहसन, विभिन्न जातजातिका साँस्कृतिक प्रस्तुतिलगायत विविध कार्यक्रम रहने प्रचार प्रसार संयोजक सञ्जय चौधरीले जानकारी दिए ।
महोत्सव स्थलमा निशुल्क दन्त शिविर, खुला रक्तदान, डोरी तान्ने प्रतियोगिता, म्वा¥हा उखेल्ने प्रतियोगिता, थारु साहित्य सम्मेलन लगायतका कार्यक्रम हुने प्रचार संयोजक चौधरीले बताए । महोत्सवमा विभिन्न परिकारका ३० वटा स्टलहरु रहने र चिचर, घो“गी, माछालगायतका थारु खानाका परिकारहरु रहने आयोजकले जनाएको छ । करिब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवको प्रवेश निशुल्क रहेको पनि आयोजकले जानकारी दिएको छ ।