«

»

उपराष्ट्रपति झाको उद्घोष :‘सबै सुरक्षा संयन्त्र केन्द्रित गरेर भएपनि निर्वाचन हुन्छ’

uparasta patiप्रवीण दत्त
नारायणगढ, १६ असोज
उपराष्ट्रपति परमानन्द झाले निर्वाचन सुरक्षा सवालको विषयमा कसैले अवरोध पु¥याए सरकार चुप लागेर नबस्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा बुधबार रिपोर्टस क्लब चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले कसैले निर्वाचन बिथोल्न खोजे सरकार मौन तथा आँखा चिम्लेर बस्ने नभई सरकारसँग भएको सबै संयन्त्र केन्द्रित गरेर भएपनि निर्वाचन सम्पन्न गर्ने बताए ।
शुरु देखि नै निर्वाचनमा नजाने र अहिले चुनावनै बहिष्कार गर्ने दलहरुलाई सहभागी हुन विगतमा धेरै समय दिएको बताउँदै उपराष्ट्रपति झाले भने– ‘चुनावमा सहभागी नहुने दलहरुलाई खुट्टै तानेर समातेर ल्याउन पनि त मिलेन ।’ उनले ती दलहरुको इच्छा नै चुनावमा सहभागी नहुने रहेको बताए ।
निर्वाचनको मिति सर्ने हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपराष्ट्रपति झाले चुनावकै लागि समग्र राष्ट्र लागेको र खर्च धेरै भईसकेकाले चुनाव भएरै छाड्ने जिकिर गरे । चुनावको मिति नसर्ने बताउँदै उनले भने– ‘चुनाव भनेको घरको ढोका हो र जतिबेला मन लाग्यो खोल्ने अनि मन लाग्यो बन्द गर्ने ?’
सरकार, निर्वाचन आयोग, सरकार, दल, नेता सम्पूर्ण लागिपरेकाले तोकिएकै समयमा चुनाव हुने उनको भनाई थियो ।
यसैबिच, साहित्य, कला र संस्कृतिको उत्थान गर्ने उद्धेश्यले स्थापित नारायणी कलामन्दिर नारायणगढले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरेको ताइपाइ साँस्कृतिक महोत्सवको बुधबार उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे ।
महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति झाले कला मन्दिरको भवन जीर्ण भईसकेकाले आफुले सक्दो सहयोग गर्ने बताए । ‘देशको धन भनेकै साहित्य, कला र संस्कृति हो’ उनले भने– ‘यसमा चितवन अग्रणी छ ।’
नारायणगढको क्याम्पाचौरमा दशैंलाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा सस्तो दशैं बजारदेखि कला, संस्कृति जर्गेर्ना गर्ने उद्धेश्यले मद्धत पुगोस भनेर विभिन्न समुदायका आकृति राखिएका छन् ।
महोत्सव परिसरमा दशैंलाई नै लक्षित गरि लिङ्गे पिङ राखिएको छ भने ऐतिहासिक पुराना संस्कृति झल्कने प्रतिमा निर्माण गरिएका छन् । महोत्सवमा लोप हु“दै गएका पुराना सांस्कृतिक एवं ऐतिहासिक सरसामानको प्रदर्शन गरिएको छ । महोत्सवमा माझी समुदायका मानिसले जालबाट माछा मारिरहेको प्रतिमा, तोरी पेल्ने कोल, मोही पारिरहेकी महिलाको प्रतिमा राखिएका छन् ।
आठ दिन सम्म चल्ने महोत्सवमा विभिन्न जातजातिका संस्कृतिको पहिचान झल्कने झा“की, सांस्कृतिक रहनसहन र दैनिक जीवनयापनमा प्रयोग गरिने पुराना र लोपोन्मुख सामाग्री प्रस्तुत गरिने कला मन्दिरका अध्यक्ष विज्ञानलाल श्रेष्ठले बताए ।
त्यस्तै, महोत्सव अवधिभर प्रत्येक दिन साँस्कृतिक कार्यक्रम अन्तर्गत लोकदोहोरी, नृत्य, गायनका साथै राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सव प्रवेशका लागि २० रुपैयाँको टिकट तोकिएको छ । एक सय ५० व्यापारिक स्टल रहेको महोत्सवमा तीन करोड बढीको कारोबार हुने र एक लाख दर्शकले अवलोकन गर्ने महोत्सव संयोजक जयराम श्रेष्ठले जानकारी दिए ।