«

»

माछा खपत भएन ः कृषक

IMG_0006सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० पुस
चितवनमा उत्पादन भएको माछा स्थानीय बजारमा खपत नभएको माछा कृषकहरुले बताएका छन् । बिहीबार भरतपुरमा भएको व्यवसायिक माछा पालन तथा नया“ पोखरी निर्माण विषयक अन्तक्र्रियामा उपस्थित किसानहरुले चितवनमा भारतबाट माछा आउने गरेको तर यहा“को माछा अन्यत्र लैजानु परेको बताए ।
नेपाल मत्स्य व्यवसायी संघ, चितवनका अध्यक्ष जोगेन्द्र महतोले चितवनका व्यापारीहरुका कारण यहा“को माछा बाहिर लैजानु परेको बताए । ‘व्यापारीहरुले भारतबाट ल्याएको माछा बिक्री गर्ने गर्छन्, हामीले जिल्ला बाहिर माछा पठाउनु पर्छ’ महतोले भने,– ‘स्थानीय उत्पादनलाई हामीले कसरी स्थानीय बजारमा नै खपत गर्न सक्छौ“ भन्ने बारे सरोकारवालास“ग बसेर छलफल गर्नु जरुरी भएको छ ।’
बाहिरबाट आउने माछा १०÷१२ दिनसम्म पनि नबिग्रनुको पछाडि कुनै रहस्य लुकेको हुनसक्ने महतोले बताए । ‘हाम्रो जिउ“दो माछामा पानीबाट निकालेको आधा घण्टामा नै माखा भन्किन्छ तर भारतबाट आउने माछा लामो समयसम्म पनि केहि हु“दैन’ महतोले भने,– ‘माछाको गुणस्तर राम्रोस“ग जा“चेर मात्र नेपाल भित्र्याइनु पर्छ ।’
अन्तरक्रिया कार्यक्रममा मत्य विकास निर्देशनलयका पूर्व निर्देशक शुक्र प्रधानले नेतृत्व तहमा उमेर ढल्किएका व्यक्तिहरु भएका कारण कृषि क्षेत्रको विकास हुन नसकेको बताए ।
चितवनमा हाल ६ सय हेक्टर जलाशयमा माछा पालन हु“दै आएको छ भने व्यवसायिक रुपमा माछा पाल्दै आएका किसानहरुको संख्या सात सय भन्दा बढी रहेको छ । चितवनले वार्षिक रुपमा तीन हजार छ सय मेट्रिक टन माछा उत्पादन गर्दै आएको छ भने दैनिक रुपमा चितवनमा ६ सय किलो माछा खपत भइरहेको छ । एक सिजनमा प्रतिकठ्ठा दुई सय किलो माछा उत्पादन हुने मत्स्य व्यवसायी संघ चितवनका कोषाध्यक्ष अर्जुन लामिछानेले बताए । चितवनमा यस वर्ष ८० हेक्टर जलाशय थपेर माछा पालन गर्ने योजना रहेको बताइएको छ ।
बिहीबार भएको एक दिने आधारभूत तालिममा माछा पालक किसानले पोखरी निर्माण गर्दा त्रुटी नहोस् भन्ने बारे जानकारी गराइएको थियो । तालिममा कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरे, मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव अम्बिकाप्रसाद अधिकारी, मत्स्य विकास कार्यालय भण्डाराका प्रमुख भगवत प्रसाद लगायतले सहजीकरण गरेका थिए ।