«

»

एनआरएन बेल्जियमको अध्यक्षमा गुरुङ

बिष्णु सापकोटा।लुभेन । गैरआवासीय नेपाली संघ बेल्जियमको गत आईतबार सम्पन्न निर्वाचनमा प्रेम गुरुङको नेतृत्वमा रहेको लोकतान्त्रिक समूह अत्याधिक बहुमतका साथ निर्वाचित भएको छ । सो समूहबाट आई सी सी सदस्यमा शिव कुमार बरुवाल, अध्यक्षमा प्रेम गुरुङ, खुल्ला उपाध्यक्षमा गोपाल सिम्खडा, महिला उपाध्यक्षमा शारदा अर्याल, महासचिवमा माधव सापकोटा, सचिवमा बुद्धि बा बराल र कोषाध्यक्षमा नरहरी सापकोटा बिजयी भएका छन् ।1

त्यसैगरी सदस्यमा खुल्ला क्षेत्रबाट परमानन्द सापकोटा, नारायण सिंह शिलवाल र सुरबीर सिग्देल निर्वाचित भएका छन् । सोही समूहका ब्रसेल्स क्षेत्रबाट नारायण सापकोटा, ब्रुगे ओष्टंडे क्षेत्र बाट तेज राज कडेल, गेन्ट क्षेत्र बाट नवराज पोख्रेल, र एन्त्रोपेंन क्षेत्र बाट तुङ्गा निरौला यस अधिनै निर्बिरोध निर्वाचित भैसकेका छन् ।

गंगाधर गौतमको नेतृत्वमा रहेको समावेशी समूहबाट यूवा संयोजकमा कुमार जोशी (केदार) , लुभेन क्षेत्र बाट सागरदास श्रेष्ठ र खुल्ला सदस्यमा बैकुण्ठ पहारी निर्वाचित भएका छन् । समावेशी समूह बाट महिला संयोजकमा यसोदा सुवेदी(थापा) र महिला सदस्यहरुमा सुर्य देवी श्रेष्ठ, एलिना रसाईली र कला राई यस अघिनै निर्बिरोध निर्वाचित भैसकेका छन् ।

 लोकतान्त्रिक समूह र समावेशी दुवै समूह नेपाली कांग्रेस समूहकाले नेतृत्व गरेका समूह हुन् । बेल्जियम कांग्रेसका निबर्तमान अध्यक्ष गंगाधर गौतमले नेतृत्व गरेको समूहमा बेल्जियम काँग्रेस एक पक्ष, एमाओबादी, आदीवासी जनजाती महासंघ र संघीय समाजबादी पार्टी समाहित छन् भने बेल्जियम काँग्रेसकै निबर्तमान उपाध्यक्ष प्रेम गुरुङको नेतृत्वमा रहेको लोकतान्त्रिक समावेसी समूहमा एमाले बेल्जियम र बेल्जियम काँग्रेसको अर्को पक्ष समावेश भएका छन् ।  गेन्ट ब्रुगे ओष्टंन्डे,ब्रसेल्स,लुभेन र एन्त्रोपेंन गरी चार क्षेत्रमा अलग-अलग आयोजना गरिएको सो निर्वाचन मा १०७६ जना मतदाताले मतदान गरेका थिए ।