«

»

त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी जारी

bepattaचितवन, असार ३ 
शनिवार अपरान्ह त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका ५ जना किशोर किशोरीको अवस्था अझैपनि अज्ञात छ । सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी निरीÔक पुरुÈोत्तम भण्डारीको नेतृत्वमा १० जनाको गोताखोर टोलीले नदीमा बेपत्ता हरुको खोजी सुरु गरेको हो । पानी परेकाले खोजीमा कठिनाई भएको केन्द्रका डीएसपी दीपेन्द्र गिरीले जानकारी दिए । चितवनको दारेचोक गाविस ३ स्थित कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा भरतपुर ५ स्थित सापाकोटा चोकका रजनी रेग्मी,लिजा रेग्मी,मोनिका रेग्मी,अस्मिता थापा र जनक राउत छन् ।स्कुटर र मोटरसाईकल चढेर कुरिनटार घुम्न गएका उनीहरु दिउ“सो १२ बजे कुरिनटारको रिभर साईड रिसोर्टमा खाजा खाई नदी छेउमा खेल्न गएका थिए ।पौडी खेल्दै गर्दा बगेपछि एकले अर्कोलाई बचाउने क्रममा ५ जना नै बगेर बेपत्ता भएको शसस्त्र प्रहरीले जनाएको छ।रजनी, लिजा, मनिका एकै घरका दीदीबहिनी हुन् बेपत्ता भएस“गै सापकोटा चोकमा रहेका आफन्त,छिमेकी स्तब्ध बनेका छन् ।

त्रिशुलीको पानीमा करेण्ट हाइ भएका कारण नदी भित्र पस्न सकेका छैनौं। दिनभर एङ्गल दवाउँदै खोजी गर्दा भेटिएन- प्रमुख कुँवर बताउँछन्। तालिम केन्द्रमा २५ जनाको गोताखोर तालिम प्राप्त उद्वार टोली छ। तर त्रिशुली नदीमा सिधै पसेर उद्दार गरिहाल्न टोली तयारी अवस्थामा छैन। नदीमा धमिलो पानी, हाइकरेण्ट छ। अक्सिजन, एयर प्रोटेक्सन, मास्क जस्ता अत्यावश्यक सामाग्री तालिम केन्द्रमा आइपुगिसकेको छैन- कुँवरले भने -यिनीहरुको कारण पनि सोचेजति सफलता हासिल गर्न सकेका छैनौं। सामाग्री हुँदा पनि हाइ करेण्ट र धमिलो पानी गोताखोरलाई चुनौति भएको उनले बताए।