«

»

यौन दुर्व्यवहार गर्ने युवक प्रहरी नियन्त्रणमा

मार्तडीमा बस्दै आएकी १६ वर्षीया एक बालिकाको कोठामा मध्यरात पसेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती बालिका आफ्ना अभिभावकले भाडाको घरमा सञ्चालन गर्दै आएको होटलको घरमा बस्दै आएकी थिइन् । मार्तडीमा बस्दै आएका दिपेन्द्र शाही ०६९ चैत १५ गते राति उनी सुनेको कोठाको बाहिरबाट चुक्कुल खोलेर कोठामा पसेको थाहा पाएपछि बालिकाका आमाबुवाले बाहिरबाट ताल्चा लगाएको र ०६९ चैत १६ गते बिहान प्रहरीलाई खबर गरेको बताए । प्रहरीले ती बालिका सहित शाहीले पक्राउ गरेको बताएको छ । शाही हालसम्म प्रहरी नियन्त्रणमै छन् ।

 बालिकाले भने शाहीसंग यसअघि पनि सामान्य चिनजान रहेको र आफुलाई ललाई फकाई गरी जबरजस्ती यौन सम्पर्क गरेकोले आफूसँग बिहे गर्नुपर्ने अडान लिएकी छिन् । ‘आफूसँग बिहे नगरे शाहीलाई कानुन अनुसार कारवाही हुनुपर्छ’ उनले भनिन् ।

 शाहीले भने बिहे नगर्ने अडान लिएका छन् । प्रहरीले भने हालसम्म पीडित पक्षबाट लिखित उजुरी नआएकाले के गर्ने भन्ने अन्यौल रहेको बताएको छ ।प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले बालिकाको उमेर प्रमाणित गरेर के कारवाही गर्ने निक्र्यौल गर्ने बताएका छन् । बालिकाको उमेर १६ वर्षमूनिको प्रमाणित भए कारवाही प्रकृया अगाडि बढाउन सजिलो हुने खड्काले बताए ।

@inseconline