«

»

चितवन जिल्ला बचत तथा ऋण संघमा तेजेन्द्रको नेतृत्व

20141227_142557
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १२ पुस
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शनिवार सम्पन्न १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशनले आगामी तीन वर्षका लागि तेजेन्द्र बहादुर खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खड्का यसअघि संघको सल्लाहकार सदस्य थिए । उनले भरतपुरस्थित दिपज्योति साकोसबाट संघमा प्रतिनिधित्व गरेका हुन् ।
संघको अधिवेशनमा जिल्लाभरका एक सय ५१ बचत तथा ऋण सहकारीका तीन सय दुई प्रतिनिधिले भाग लिएका थिए । संघमा एक सय ६१ सहकारी संस्था आवद्ध छन् ।
अधिवेशनले नवजागृति साकोसका हरिश्चन्द्र सुवेदीलाई उपाध्यक्षमा चयन गरेको छ । यसैगरी सचिवमा हिमाली महिला साकोसकी विद्या कोइराला, सहसचिवमा स्याउलीबजार साकोसका केशवप्रसाद रेग्मी र कोषाध्यक्षमा चित्रवन साकोसका रामराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जनज्योति साकोसकी विष्णुकुमारी चौधरि, देवआदर्श साकोसका ध्रुवराज मिश्र, सिद्धिविनायक साकोसका शालिकराम घिमिरे र प्रभात महिला साकोसकी ईश्वरी शर्मा ढकाल चयन भएका छन् । सञ्चालक समिति सरह पदावधि रहने संघको लेखा समिति अथर्व साकोसका भरतप्रसाद दवाडीको संयोजकत्वमा चयन भएको छ । लेखा समितिका अन्य सदस्यहरुमा सगुन साकोसका चुडामणि पौडेल र अयोध्यापुरी मध्यवर्ती साकोसका पूर्णभद्र पनेरु चयन भएका छन् ।
बन्द सत्रमा लामो प्रयासपछि संघको कार्यसमिति र लेखासमिति निर्विरोध हुन सफल भएको हो । सर्वसम्मत नेतृत्व चयनपछि संघको नयाँ नेतृत्व सम्हालेका तेजेन्द्र बहादुर खड्काले चितवनका सबै सहकारीको संस्थागत विकास र सदस्यहरुको आर्थिक समृद्धिका लागि संघलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
वार्षिक साधारण सभाको उद्घाटन समारोहमा सहकारी क्षेत्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सदस्यहरुको समृद्ध जीवनबारे सहकारीकर्मीहरुले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव परितोष पौडेलले हरेक घरको आर्थिक समृद्धिका लागि अब वित्तिय साक्षरताको कार्यक्रम जरुरी रहेको बताउँदै भने–‘सहकारीका प्रत्येक सदस्यलाई अब खर्च गर्नका लागि कमाउने सिद्धान्त सिकाउनु आवश्यक छ ।’
सहकारी अभियानमा विशेषतः बचत तथा ऋण सहकारी क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहकारीकर्मीहरु अग्रसर हुनुपर्ने पौडेलको भनाई थियो । बचत तथा ऋण सहकारी अभियानले महत्वपूर्ण उपलव्धिहरु सिर्जना गरेको बताउँदै उनले सहकारीबाट गाउँगाउँमा आर्थिक सामाजिक रुपले पछि परेका समुदायबीच पूँजीको विकास र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको बताए ।
‘सुशासन, सिद्धान्त र विधिहरुको पालना नIMG_20141227_190809गर्दा सहकारीहरुमा जोखिमहरु पनि देखा परेका छन ।’ उनले भने,‘ यसैले अवसर र जोखिमहरुको व्यवस्थापनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता परेको छ ।’
बचत तथा ऋण नीतिका लागि बहशपैरवी नेफ्स्कूनले गरिरहेको पनि महासचिव पौडेलले जानकारी दिए । उद्घाटन समारोहमा उनले संसार अब नोठ र बैंक चेकरहित मुद्रा प्रणालीमा प्रवेश गरिरहेको र अत्याधुनिक प्रविधिबाट आर्थिक तथा वित्तिय प्रणाली अघि बढिरहेकोले बचत तथा ऋण सहकारीहरुले आफूलाई सोही अनुरुप परिमार्जन गर्न अग्रसर हुुनुपर्ने बताए । सहकारी क्षेत्रका विकृति हटाउन ‘एक संस्था एक सदस्य, एक संस्था, एक कार्यक्षेत्र’ को अवधारणा अनुसार एकीकृत साकोस प्रणाली ल्याउन लागिएको पनि पौडेलको भनाई थियो ।
वार्षिक साधारणसभा तथा अधिवेशनमा नेफ्स्कूनका सञ्चालकहरु शान्ति अधिकारी र कृष्ण पौडेल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सोमराज खनियाँ, पूर्वअध्यक्ष धनप्रसाद श्रेष्ठ, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, जिल्ला जडिवुटी सहकारी संघका अध्यक्ष कुलप्रसाद दुवाडी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, सहकारीकर्मीहरु प्रमिला ढकाल र सत्यनारायण राउतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक नवराज सापकोटाले मुलुकको सहकारी अभियानमा बखान सहकारी संस्थाको उपस्थितिसंगै बचत तथा ऋण सहकारी अभियानमा अग्रणी जिल्लाको रुपमा स्थापित भएको बताएका थिए ।
सभामा निवर्तमान कार्यवाहक सचिव अर्जुनानन्द अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विद्या कोइरालाले पेश गरेको आर्थिक प्रतिवेदन प्रतिनिधिहरुबाट पारित गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष जगन्नाथ भण्डारीले सहकारीका मूल्य, मान्यता र सिद्धान्तबमोजिम चल्न संघले सबै सदस्य सहकारीलाई अनुरोध गरेका बताए ।