«

»

चितवनमा ठाउँठाउँमा विषेश कार्यक्रम, सकियो होली

भरतपुर । चितवनसहित तराईका जिल्लाहरुमा बुधबार फागु अर्थात् होली मनाइएको छ । रङहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिइन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा मंगलबार मनाइएको होली तराईका जिल्लाहरुमा भने त्यसको भोलिपल्ट बुधबार मनाइएको हो । 
७६ आँै जिल्लाका रुपमा चिनिएको चितवनमा भने दुबै दिन होली मनाइएको छ । दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाको बध भएको खुसियालीमा होली मनाउने गरिन्छ । होलीकै अवसरमा बुधबार अभियान टेलिभिजनले फागु सांगीतिक उत्सव सम्पन्न गरेको छ । भरतपुर केन्द्रीय बस टर्मिनलअगाडिको खाली चौरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले चाडपर्वहरुलाई सभ्य र मर्यादित बनाउन सञ्चारमाध्यमको भूमिका मह¤वपूर्ण हुने बताएका छन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले संस्कृति जोगाउने अभियानमा सञ्चारमाध्यमको भूमिका मह¤वपूर्ण रहने बताउनुभयो । त्यस्तै प्रहरी उपरीक्षक दीपककुमार थापाले चाडपर्वका नाममा हुने विकृति र विसंगति नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कामय राख्न चितवनका सञ्चारमाध्यमहरुले मह¤वपूर्ण सहयोग गरेको उल्लेख गर्नुभयो । 
चाडपर्वलाई भड्किलो हुनबाट रोक्न नागरिकको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । ‘शान्ति सुरक्षा कायम गर्न नागरिकस्तरबाट पनि उत्तिकै सहयोग प्राप्त भएको छ’, उहाँले भन्नुभयो, ‘यहाँहरुको सहयोगबाट जिल्ला शान्तिपूर्ण बनाउन प्रहरी प्रशासन लागि परेको छ ।’ 
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले यस वर्षको होली निकै शान्तिपूर्णरुपमा सकिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्तै रुपबाट सक्रिय हुन सुझाव दिएका थिए । 
भरतपुर नगरपालिकाका प्रतिनिधि मधुराम दवाडी, कायाकैरन दैनिकका सम्पादक दिनेशकुमार थपलिया, टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्य, भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद धिताललगायतले बोल्नुभएको थियो । 
कार्यक्रम टेलिभिजनका अध्यक्ष सुरेशचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
फागु सांङ्गीतिक उत्सवमा राष्ट्रिय गायकहरु अमर विरही गुरुङ, मिलन लामा, कमल खत्री, दीपा पन्त तथा स्थानीय गायकहरुको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिलाएको थियो । रत्ननगर कला मन्दिरको प्रस्तुतिमा पनि दर्शकले साथ दिएका थिए ।
होलीकै अवसरमा विजय एफएम गैँडाकोटले रंङ कविताउत्सव आयोजना गरेको छ । उत्सवमा गीतकार प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, डीआर पोख्रेल, पुष्प अधिकारी अञ्जलि, रामहरि शर्मा, खनाल रेवतीरमण, इन्द्र रेग्मी, हरिहर सविता, माधव चालिसेलगायत चितवन र नवलपरासीका दुई दर्जन साहित्यकारहरुगले रचना वाचन गरेका थिए । 
त्यस्तै शारदानगर जेसीजले होली विशेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वर्ष २०१३ का अध्यक्ष गुञ्जमान विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि स्थानीय सुवेदार होमबहादुर क्षेत्री र पूर्वअध्यक्ष सोमप्रसाद भण्डारी हुनुहुन्थ्यो ।