«

»

शहिद स्मृति क्याम्पसको प्रगति सन्तोष जनक

saheed smriti collegeचितवन÷ असार ४ 
बिश्वविद्यँलय अनुदान आयोगद्धारा संचालित दोस्रो उच्च शिक्ष्ाँ परियोजनाको सहयोगमा संचालित कार्यक्रम र क्याम्पसका गतिबिधिको अनुगमन गर्न आएको टोलिले आज पुर्बि चितवनको शहिद स्मृति बहुमुखी क्याम्पसका बिभिन्न पक्षसंग अन्र्तकृया गरेको छ । प्राध्यापक डाक्टर सुर्यलाल अमात्यको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले क्याम्पसको भौतिक पुर्बाधार तथा शैक्षिक अवस्थाको अवलोकन तथा सरोकारवालासंग अन्र्तकृया गरेको हो । टोलीमा प्राध्यापक डाक्टर अमात्यसंगै बिश्वविद्यँलय अनुदान आयोगका दिबेश सिंह क्षेत्री पनि रहनु भएको थियो ।
टोलीले आज बिहान क्याम्पसका बिभिन्न संकाय तथा बिभागीय प्रमुखसंग अन्र्तकृया गर्दै संकाय तथा बिभागका तर्फबाट भए गरेका कामका बारेमा जानकारी लिएको थियो । यस्तै क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिसंग अन्र्तकृया गरि उनिहरुको चाहना र योजनाका बारेमा पनि जानकारी दिएको छ । अन्र्तकृयाका क्रममा विद्यार्थीहरुले प्राबिधिक तथा ब्यवसायीक शिक्षा तर्फ क्याम्पसले कदम चाल्नु पर्ने ,क्याम्पस प्रसासन , विद्यार्थी संगठनहरु बिच नियमित अन्र्तकृया हुनु पर्नेमा जोड दिएका थिए ।
यस्तै संचालक समितिका पदाधिकारी ,पुर्ब पदाधिकारी , अन्य सरोकारवालाले क्याम्पसको दिगो बिकाशका लागि हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो । परियोजना संचालन पछि क्याम्पसको प्रगति तिब्रगतिमा भैरहेकोमा सन्तोष ब्यक्त गर्दै बिश्वविद्यालय अनुदान आयोगको निरन्तर सहयोग आवश्यक हुनेमा पनि उहा“हरुले जोड दिनु भएको थियो ।
सबैसंगैको अन्र्तकृया पछि टोली प्रमुख प्राध्यापक डाक्टर सुर्यलाल अमात्यले सबैको सकारात्मक सोच र सकृयता भएकाले क्याम्पसको भबिश्य उज्वल रहेको बताउनु भयो । परियोजनाको अनुगमनन टोलीले दिएको सुझाव अनुसार क्याम्पसले आफ्ना गतिबिधि अगाडी बढाएकोमा खुशी ब्यक्त गर्दै प्राध्यापक डाक्टर अमात्यले शैक्षिक वातावरणलाई कायमै राख्न सबैपक्षसंगको समन्वय महत्वपुर्ण हुने बताउनु भयो ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख गोकर्ण मल्ल ,क्याम्पसका पुर्ब पदाधिकारी हरिशरण पाठक , कृष्ण गोपाल श्रेष्ठ , तलसी नारायण श्रेष्ठ , एल्मुनाई एसोसिएसनका उपाध्यक्ष जगन्नाथ अधिकारी , ब्यवस्थापन समितिका निर्बतमान उपाध्यक्ष बद्री पाण्डे , निबर्तमान सदस्य कुमार कार्की , कपिलदेब सुबेदी , रत्ननगर उधोग बाणिज्य संघ रत्ननगरका अध्यक्ष दिपक कुमार कर्माचार्य ,तेजराज सेढाई , प्रेम कृष्ण खनाल , अभिभावक यज्ञराज सुबेदी लगायतले बोल्नु भएको थियो ।