«

»

राहत सामग्री सङ्कलन

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १८ जेठ
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुका लागि थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ६ ले राहत सामाग्री सङ्कलन गरेको छ ।
क्षेत्रीय समितिले सङ्कलन गरेको खाद्यान्न र नगद सोमबार जिल्ला समितिलाई हस्तान्तरण गरेको हो । थारु कल्याणकारिणी सभा जिल्ला कार्यालय भरतपुरमा सोमबार क्षेत्रीय सभापति बसन्तकुमार चौधरीले जिल्ला सभापति विश्राम महतोलाई ८० हजार रुपैयाँ बराबरको राहत सामाग्री र नगद १२ हजार पाँच सय ८० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
भूकम्प पीडितको घाउमा धेरै भएपनि मलम लाउने गरी थारु कल्याणकारिणी सभा भण्डारा गाउँ इकाई समितिका सभापति नारायण चौधरी, सक्रिय सदस्य गंगा चौधरी, वीरेन्द्रनगर गाउँ इकाई सभापति सीता चौधरी, थारु महिला समूहकी अध्यक्ष धनकुमारी चौधरी र कठार गाउँ इकाई समितिका सभापति दिनेश्वर चौधरीको अगुवाईमा सो राहत सामाग्री सङ्कलन गरिएको हो । जिल्ला सभापति महतोेले सो राहत सामाग्री जिल्ला दैवि प्रकोप उद्धार समिति चितवनलाई हस्तान्तरण गर्ने जानकारी दिए ।