सञ्चारपत्र सम्वाददाता
नारायणगढ, १७ जेठ
मिलन रोड टोल विकास संस्था नारायणगढले प्रधानमन्त्री राहत कोषमा भूकम्प पीडितहरुका लागि सहयोग रकम पठाएको छ । टोल विकास संस्थाले भूकम्प पीडितहरुका लागि सङ्कलन गरेको रकम आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत कोषमा पठाएको हो ।
सङ्कलित रकम ५२ हजार पाँच सय चालिस रुपैयाँ प्रमुख जिल्ला अधिकारी मान बहादुर विकेलाई हस्तान्तरण गदै संस्थाका अध्यक्ष ध्रुवलाल पियाले रकम ठिक ठाउँमा सदुपयोग हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी मान बहादुर विकेले भूकम्पका कारण बिचल्लीमा परेका नेपालीहरुलाई सो रकले मल्हम लगाउन सक्ने बताए । उनले अहिलेसम्म चितवनबाट १८ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको जानकारी गराए ।




![आफूखुशी राहत बाँड्न नपाइने, आफूखुशी सहयोग गर्नेलाई कारबाही Money_20150601074708[1]](http://www.chitawan.com/wp-content/uploads/2015/06/Money_201506010747081.jpg)