«

»

अस्ट्रेलियाब्यापी रास्ट्रिय कविता महोत्सव,पुस्तक र भी सी डि लोकार्पण

 सिड्नी । 

रास्ट्र प्रेम, सामाजिक विसङ्गति ,सद्दभाव र हास्य ब्यङ्गका भावनात्मक प्रस्तुतिका साथ सिड्निमा तेस्रो अस्ट्रेलियाब्यापि रास्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एन एस डब्लु च्याप्टर को आयोजनामा सो महोत्सवले अस्ट्रेलियाका सर्जक ,साहित्य प्रेमि तथा नेपाली भाषा प्रेमिहरू विच मुर्तता पाएको हो।

 छन्द ,गद्द्य र पद्द्यका रोचक प्रस्तुति समावेश  भएको सो महोत्सवमा करिव ३ दर्जन कविता प्रतियोगि र १ दर्जन कविताहरू अप्रतियोगीको रुपमा प्रस्तुत भएका थिए । प्रतियोगितमा विज्ञान कंडेल को कविता प्रथम , आलोक कोइराला को कविता द्दितीय , विकास उप्रेति को कविता तेस्रो र निरज जोशि को कविता चतुर्थ बन्न पुगेको थियो । विजेताहरूलाई शिल्ड ,नगद तथा प्रमाणपत्र वितरन गरिएको थिये।  कार्यक्रममा वरिस्ठ साहित्यकारहरू नवराज कार्कि,अच्युत भक्त्त वाग्ले  ,वेद्कुमारि न्यौपाने तथा युवा साहित्यकार निस्प्रभ सजि कविता प्रतियोगिताका निर्णायक हुनुहुन्थ्यो।
सो प्रतियोगितामा साहित्यकार हरू नवराज कार्कि तथा वेद कुमारि न्यौपाने लाइ अनेसासले सम्मान गरेको थियो। कार्यक्रममा अनेसास एन एस डब्लु का महासचिव सानु घिमिरे द्वारा लिखित ग्रहण नामक कविता संग्रह तथा वेद कुमारि न्यौपाने द्वारा लिखित गीति आल्वम को छुट्टा-छुट्टै लोकार्पण गरिएको थियो। सो पुस्तकलाई एन एस डब्लुका माहावाणिज्यदुत दिपक खड्का , एन आर एन आइ सी सी का तर्फ  ईन्द्रा  वन ,अच्युत भक्त वागले ,नवराज कार्की, वेद्कुमारि न्यौपानेले सम्युक्त्त रुपमा विमोचन गर्नु भएको थियो भने आल्वम लाई नवराज कार्कि तथा माहावणिज्य दुतले सम्युक्त्त रुपमा सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा जितेन्द्र मल्ल ,अनेसासका अध्यक्ष भीमसेन सापकोटा ,लेखिका सानु घिमिरे ले कृति माथि समिक्ष्या र विवेचना गर्नु भएको थियो। आशिष  श्रेष्ठको गायनमा प्रस्तुत “करोडौ मुटुहरूको ढुक्ढुकि , ” लगायतका वोलको गीत प्रस्तुत गर्दा सबै दर्शक मन्त्रमुग्ध भएका थिए । सन्तोकि कार्कि को नाच , शब्दमाला नेपाली पाठषालाका विध्यार्थि हरू द्वारा प्रस्तुत राष्ट्रिय गान महोत्सवका आकर्षण थिए ।
भुटानी समुदायका तर्फ बाट पनि विभिन्न कविता प्रस्तुत गरिएको सो कार्यक्रममा ओली एन्ड अशोसिएशनका प्रमुख भवानि ओलि , कवयित्रि रुमु न्यौपाने , ममता काफ्ले , सुमित्रा विस्ट लगायत अन्य सर्जक हरू सन्तोष शर्मा , महेन्द्र पौड्याल ,गोपि दवाडि, सुरेन्द्र दवाडि, जितेन्द्र मल्ल ,तथा अन्य दर्जनौ ले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए ।
अनेसासका अध्यक्ष भीमसेन सापकोटाको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रम सुरेन्द्र दवाडि र सन्ध्या शाहले सन्चालन गर्नु भएको थियो। देश् प्रेम  , हासो, रोदन तथा अन्य विविध विषय वस्तुका रोचक विषय वस्तु प्रस्तुत रचनाहारूमा सामविस्ट थिए । अनेसासले आफ्नो स्थापना कालदेखिनै मासिक घर दैलो काव्य सन्ध्या , कविता महोत्सव ,भाषा संन्सकृती ,पुस्तक विमोचन लगायतका गतिविधि सन्चालन गर्दै आएको ।