«

»

फेसवुकमा जीवा लामिछाने ।

कुमार राउत, काठमाण्डौं । हेर्दै गोराजस्ता, अग्लो र मिलेको शरीर । स्वाभिमानी र लोभ लाग्दो मुहार । बालकजस्तै अवोध र सुन्दर । हेरिरहौं लाग्ने सिद्धहस्त चित्रकारले क्यानभासमा उतारेको तस्बिरझै । सम्भवतः यो तस्विर हलिउड वा बलिउडमा भए सुपरडुपर हुने थियो, यसमा दुई मत हुँदैन ।

तस्बिर हेरेर कविको मन त्यसै वहकिएको होइन, तस्बिरमा जीवाको मुस्कान मोहित बनाएको छ । गजब कै छ, रिस उठेको बेला हेर्‍यो भने पनि मन शान्त हुन्छ । शोक, चिन्ताका बेला हेर्‍यो भने मन चलायमान र उत्साहित हुन्छ । यस्तो तस्बिर जो कोहीलाई लोभ लाग्नु स्वभाविकै हो ।

यही तस्बिर हेरेर कतिपयले यस्तो भाव व्यक्त गरे

तिम्रो आँखाभन्दा सुन्दर गीत कहाँ लेख्न सक्छु
तिम्रो मुस्कानभन्दा मीठो धुन कहाँ भर्न सक्छु
सबै कुरा गर्न सक्छु, भन्छ्यौं भने मर्न सक्छु
तिमीभन्दा प्यारो मान्छे तर कहाँ भेट्न सक्छु ?

प्रेम दिवसको समेत शुभकामना आए ।उनका प्रसंशाक गर्नेहरुले आइ लभ यु भन्न मात्र भन्न सकेनन् ।  धेरैले प्रशंसा गर्ने शब्दै भेटेनन् । उनी न फिल्मका नायक हुन न कुनै सेलिभेटी । तर उनको व्यक्तित्व मेहनत र इमान्दारिताले उनलाई प्रशासा गर्ने शब्द नेपाली शब्दकोषमा अभाव भएको तेस्रो आँखाले देख्यो । उनी हुन गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने ।

गत साता उनले आफ्नो फेसबुकमा आफ्नो फोटो अपलोड गरे । लाइकका फहरा छुटे करिब ६०० मानिसले लाइक गरे । धेरैले कम्मेन्ट गरे । कतिले प्रशंसा गर्ने शब्द समेत भेटेनन् । त्यो फोटो फेसबुक अफ दी यर नै सावित भयो । शारिक रुपमा जति उच्च छन् उनको विचार त्यो भन्दा अग्लो छ । उनी अहिले लाखौं नेपालीको लोकपृय पात्र बन्न सके ।