«

»

तीन स्वास्नीलाई शोषण गरेपछि फेसबुकमा डीएसपी

DSP-Prakash-Dahal-Prachandaतीन वटा बिहे गरेका प्रचण्ड पुत्र प्रकाशको बारेमा प्रकाशित समाचारप्रति प्रतिक्रिया दिँदै उनले फेसबुकमा लेखेका छ, ‘अब मलाई राष्ट्रसेवा गर्न दिनुस्,।’ त्यसको केही दिनपछि नै उनले अर्को बितण्डा मच्चाएका छन्। नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) को पोशाकमा आफूलाई प्रस्तुत गरे। डिएसपीको पोशाक लगाएर उनले पोज पोजमा फोटो खिचाएका छन्।
अनुमतिबिना त्यसरी प्रहरीको पोशाक प्रयोग गर्न पाइँदैन। तर, प्रकाशले भने डिएसपीको पोशाकमा पोज पोजको फोटो खिचेर प्रहरी संगठनकै बेइज्जत गर्ने काम गरेका छन्। प्रकाशले त्यसरी पोशाकको अपमान गरेकोमा प्रहरी अधिकारी नै आक्रोशित भएका छन्।  ‘डिएसपीको पोशाक त्यति सस्तो छैन,’ एक प्रहरी अधिकारी भन्छन्, ‘प्रचण्डको छोरो हुँदैमा  मनपरी गर्न पाइँदैन।’
‘नयाँ पारस’ का नाममा बदनाम हुँदै गएका प्रकाश पछिल्लो समयमा बिना मगरलाई भगाएर चर्चामा आएका थिए। एक अखिल नेताकी श्रीमती बिनालाई भगाएर केही समय भारत बसेपछि हाल उनी प्रचण्डको लाजिम्पाट दरबारमै फर्किसकेका छन्।

प्रचण्डले उनको कारबाही पनि फिर्ता लिइसकेका छन्। तर, बिनालाई भने हालसम्म लाजिम्पाट दरबारमा प्रबेश गराइएको छैन।  चार वर्षअघि काभ्रेको धुलिखेल लज रिसोर्टमा अत्याधिक मदिरा पिएर लडेपछि प्रकाशको ‘पारस’ यात्रा सुरु भएको थियो। कहिले आफ्नै नेतालाई गाली गरेर त कहिले के गरेर उनी सधैं विवादमा पर्दै आएका छन्।
जेठी श्रीमती प्रभासँग सम्बन्ध बिच्छेद नै गरेका प्रकाशले माइली श्रीमती संगिता त्रिपाठीसँग भने सम्बन्ध बिच्छेद गरेका छैनन्। संगीतासँग उनको छोरा समेत छन्। तर, उनी माइतीमै बस्दै आएकी छन्। प्रचण्डपत्नी सीता दाहालले घरबाट निकालेपछि उनी माइतमै बस्दै आएकी छिन्।
तर, प्रकाशलाई आफूले त्यतिकै नछाड्ने उनले बताएकी छिन्। न्यूज मिरर नामक म्यागजिनलाई अन्तर्वार्ता दिँदै उनले प्रकाश र उनको परिवारको अपराध र अत्याचारविरुद्ध लड्ने बताएकी छिन्। माओको समेत चारवटा श्रीमती रहेको र प्रकाश जति पनि बिहे गर्न सक्ने भन्दै सीता दाहालले आफूलाई घर छाड्न बाध्य बनाएको उनले अन्तर्वार्तामा बताएकी छिन्।