«

»

उच्चस्तरीय राजनीतिक समितिका संयोजक र मन्त्रिपरिषद् अध्यक्षबीच भेटवार्ता ।।

नेकपा एमालेका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनाल र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ । भेटका क्रममा उहाँहरूबीच निर्वाचन ऐनलाई चाँडो टुङ्गो लगाएर मिति तोक्नका लागि सरकारले अग्रसरता लिन आफूले आग्रह गरेको संयोजक खनालले जानकारी दिनुभयो । यसैगरी विवादित विषयमा सहमति जुटाउन दलहरूले गरेको छलफलबारे पनि जानकारी गराएको खनालले पत्रकारहरूलाई बताउनुभयो । चुनावको मिति तोकेर राजनीतिलाई गति दिनका लागि दलहरूले प्रयास जारी राखेको अध्यक्ष खनालले बताउनुभयो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको कार्यकक्ष सिंहदरबारमा उहाँहरुबीच छलफल भएको थियो । हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा दलहरुले आआफ्नो अडानबारे जानकारी गराउने र सरकारलाई विवादित विषयमा निर्णय गर्ने जिम्मा दिने सहमति गरेका थिए ।