«

»

काँग्रेस चितवनको प्रशिक्षण अभियान सुरु

congressचितवन, १६ म्ङ्सिर । नेपाली काँग्रेस चितवनले आजदेखि संविधानका अन्तरवस्तुलाई गाउँस्तरसम्म पु¥याउन र भावी रणनीतिका विषयमा जानकारी गराउन प्रशिक्षण अभियान सुरु गरेको छ ।

केन्द्रीय नेतालाई मुख्य प्रशिक्षक बनाएर जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागिएको हो ।

चितवनको क्षेत्र नं ५ मा आज एक समारोहबीच अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा जिल्ला सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, उमेश श्रेष्ठ, विष्णुमाया परियार, जिल्लाका पूर्व पार्टी सभापति पृथ्वीमान गुरुङ, जिल्ला सचिव जितनारायण श्रेष्ठ, क्षेत्रीय सभापति मायाराम चौधरीलगायतले प्रशिक्षणले पार्टीको सङ्गठन सुधारसँगै संविधानका अस्पष्ट विषयवस्तुको विषयमा जानकारी गराउन सहज पुग्ने बताउनुभएको थियो ।

आजको प्रशिक्षण केन्द्रीय सदस्य बद्री पाण्डेले दिनुहुने जिल्ला सचिव श्रेष्ठले बताउनुभयो ।

यस्तै भोलि क्षेत्र नं. ४ को ज्ञानेश्वर सामुदायिक वनमा केन्द्रीय सदस्य नरहरि आचार्य, पर्सी १८ क्षेत्र नं. ३ को पोखरा बसपार्कको गौरेश्वर मन्दिरमा केन्द्रीय सदस्य बालकृष्ण खाँड, २० क्षेत्र नं १ को रेडक्रस भवन खैरहनीमा गगन थापा र २१ क्षेत्र नं २ मा केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेस चितवनले जनाएको छ ।
प्रशिक्षणमा संविधान कार्यान्वयनका लागि खेल्नुपर्ने भूमिकाका विषयमा समेत जानकारी दिइने बताइएको छ ।

संविधान जारी भएसँगै देशमा उत्पन्न परिस्थितिका विषयमा समेत छलफल गरिने सो प्रशिक्षण कार्यक्रम सकिएपछि जनताको घर दैलोमा गएर सहभागीले संविधानका अन्तरवस्तु र अन्य विषयमा जानकारी गराउने जिल्ला सभापति टेकप्रसाद गुरुङले बताउनुभयो ।

प्रशिक्षणमा क्षेत्रका सबै वडाका पाँच÷पाँचजना, सो क्षेत्रका महाधिवेशन र महासमिति प्रतिनिधि, सो क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने सदस्य, भातृ सङ्घ सङ्गठनका प्रमुखलगायत गरी करिब दुईसय जनाको सहभागिता रहने सभापति गुरुङ्ले बताउनुभयो । रासस