«

»

देवघाटका वृद्धवृद्धालाई प्रेस चौतारीको दर

pc darभदौ २८ ।
प्रेस चौतारी नेपाल चितवनले देवघाटधाम स्थित सरकारी वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई तीज पर्वको अवसर पारी सोमवार दर खुवाएको छ ।
“जेष्ठ नागरिकलाई सम्मान गरौं सभ्य समाजको बिकास गरौं” भन्ने नाराका साथ प्रेस चौतारी चितवनले वृद्धाश्रममा रहेका ३५ जना वृद्धवृद्धालाई दर खुवाएको हो । सो क्रममा वृद्धवृद्धाहरुले पत्रकारहरुले आएर दर खुवाउने कार्यक्रम गरेकोमा खुसी ब्यक्त गरे ।


pc3प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जेष्ठ नागरिकको सम्मान गर्न सके मात्र सभ्य समाजको स्थापना हुन सक्ने बताउनुभयो । उहांले परिवारका जेष्ठ सदस्यहरुलाई वृद्धाश्रममा पुग्नुपर्ने बाध्यता सिजर्ना नगर्न अहिलेको पुस्ता सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।

pc 2देशमा नयाँ संबिधान आए संगैं वृद्धवृद्धाको सामाजिक सुरक्षामा थप ब्यबस्था हुने थपलियाले आशा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बिशेष अतिथी साहित्यकार अमर न्यौपानेले पत्रकारहरुले वृद्धाश्रममा दर खुवाउने कार्यक्रम तय गरेर समाजमा सकारात्मक संदेश दिएको बताउनुभयो । देवघाटमा रहेका जेष्ठ सदस्यहरु र वृद्धाश्रमहरुलाई सरोकारवालाहरुले बिशेष चासो दिएर आवश्यक ब्यबस्थापन गर्नुपर्ने न्यौपानेले बताउनुभयो । चर्चित उपन्यास सेतो धर्तीका लेखक न्यौपानले लेखनीका क्रममा आफुले एक महिना देवघाटमा रहंदा वृद्धवृद्धाका दुखः र अनुभव वारे अनेक जानकारी संगालेको सुनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले देवघाट क्षेत्रको बिकास र संवद्र्धनमा सञ्चारकर्मीहरु सदैव साथ दिन तयार रहेको बताउनुभयो । यस क्षेत्रको यथेष्ट बिकास हुन सके आश्रित जेष्ठ नागरिकहरुले पनि सहजता पाउने उहांको भनाई थियो ।
देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले यथेष्ठ बजेटको अभावमा अत्यावश्यक काममा पनि कठिनाई भएको बताउनुभयो । देबघाटमा पछिल्लो पटक वादर आतंक मच्चिएको जनाउदैं पियाले यसको ब्यवस्थापन बारे मन्त्रीसंग पनि उजुरी गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले चितवनकी उपसचिव पार्वती रावल, एमाले चितवनका प्रचार बिभाग प्रमुख अरुणपिडीत भण्डारी, प्रेस चौतारी नारायणी अञ्चल अध्यक्ष तीलकराम रिमाल, चौतारी चितवनका सचिव गोविन्द घिमिरे लगायतले आ–आफ्ना धारणा राख्नुभयो ।