«

»

लोकमानमा ‘डायमण्ड ज्वेलरी’सञ्चालन

lokmanसञ्चारपत्र सम्वाददाता
नारायणगढ, १९ भदौ
चितवनको नारायणगढमा हिराको व्यापार पनि हुने भएको छ । ५० वर्षदेखि नारायणगढमा सुनचाँदी व्यवसाय गरिरहेको लोकमान एण्ड सन्सले शनिबारदेखि ‘डायमण्ड ज्वेलरी’ को पनि सुरुवात गरेको हो ।
नारायणगढको मिलनरोडमा रहेको लोकमान प्लाजामा ज्वेलरी सञ्चालनमा ल्याइएको सञ्चालक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । टिसा ज्वेलरीको आधिकारिक बिक्रेताको रुपमा सञ्चालित हिराको गहना पसलले ग्राहकको चाहना र रोजाइ अनुसार उच्चस्तरको गहना निर्माण गर्ने शाक्यले प्रतिबद्धता व्यक्त गरेका छन् । ज्वेलरीको सत्य ओम बाबाले उद्घाटन गरेका हुन् ।

कृष्णष्टमीको अवसर पारेर सञ्चालनमा ल्याइएको ज्वेलरी उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सत्य ओम बाबाले सत्य र निष्ठापूर्वक गरिएको व्यापार व्यवसायले सफलता पाउने बताए । ज्वेलरी डेढ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सञ्चालक शाक्यको दावी छ ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष कल्याण जोशीले डायमण्ड पसलको स्थापनाले चितवनलाई छुटै पहिचान दिने बताए । जोशीले हिराको गहना किन्नको लागि काठमान्डौं जानुपर्ने चितवनवासीको समस्याको समाधान भएको भन्दै चितवनलाई आर्थिक क्षेत्रलाई अझै उजागर गर्नको लागि यसले सहयोग पु¥याउने समेत बताए । पूर्व अध्यक्ष उत्तमलाल चुकेले नारायणगढमा सुनचाँदी व्यवसाय फष्टाउनमा लोकमान एण्ड सन्सको महत्वपूर्ण स्थान भएको उल्लेख गरे । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै डायमण्ड ज्वेलरी सञ्चालनको सफल सञ्चालनको कामना समेत गरे ।
हरेक दुई वर्षको अन्तरालमा गरिने चितवन महोत्सवको सफलताका कारण चितवनमा हिराको व्यवसाय गर्न उर्जा थपिएको उद्घाटन समारोहमा सहभागि अतिथिहरुले धारणा राखेका थिए । चितवनमा हिराको गहनाहरुको आवश्यकतालाई महशुस गरी नेपाल र भारतमा ख्याती प्राप्त ब्राण्ड टिसा डायमण्डको पसल लोकमान एण्ड सन्स डाइमण्ड ज्वेलरीको स्थापना गरिएको हो । चितवन, बारा, पर्सा, मकवानपुर, नवलपरासी र रुपन्देही जिल्लाको आधिकारिक बिक्रेता समेत रहेको यस ज्वेलरीले चितवनमा पहिलोपटक हिराको गहना पसल सुरु गरेको हो ।