«

»

चितवनमा राष्ट्रिय क्रिकेट हुने

सञ्चारपत्र सम्वाददाता
नारायणगढ, २५ जेठ
चितवनमा पहिलो पटक राष्ट्रिय स्तरको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दुईमध्ये एक समूहको खेल चितवनमा हुन लागेको हो ।
अर्को समूह खेल भने पोखरामा हुने जनाइएको छ । २० ओभरको सो क्रिकेट प्रतियोगितामा नौ वटा क्षेत्रीय र एक विभागीय सशस्त्र प्रहरी सहित कूल १० वटा महिला टिम सहभागी हु“दैछन् । समूह चरण अन्तर्गतको ‘बी’ मा क्षेत्र नं. २, क्षेत्र नं. ४, क्षेत्र नं. ६, क्षेत्र नं. ७ र क्षेत्र नं. ९ रहेका छन् ।
ती खेल जेठ २७ देखि ३१ गतेसम्म नारायणगढको क्याम्पाचौर मैदानमा गरिने क्रिकेट संघ चितवनका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । सेमिफाइनल र फाइनल खेल भने पोखरामै हुनेछन् ।
चितवन क्रिकेट संघले सोमबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएका जानकारी अनुसार राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । पोखरामा हुने समूह ‘ए’ मा क्षेत्र नं. १, ३, ५ र ८ तथा शसस्त्र प्रहरीको महिला टिम (एपीएफ क्लब) भिड्नेछन् ।   त्यसपछि असार १ गते पोखरामा पहिलो र दोस्रो सेमीफाइनल खेल बताइएको छ । असार २ गते पोखरामा नै फाइनल तथा तेस्रो स्थानका लागि खेल हुनेछ ।