«

»

फूलबारी एमालेको अधिवेशन सम्पन्न

11140344_851411331591067_4565339905098605502_n  चितवन, जेठ ९ ।
 नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नम्वर १९ फूलबारीको शनिवार सम्पन्न आठौ अधिवेशनले तुलसीप्रसाद अधिकारीको संयोजकत्वमा वडा समिति गठन गरेको छ । अधिवेशनमा मन्तव्य राख्दै एमाले चितवनका उपाध्यक्ष एवम् सभासद् कृष्णभक्त पोखरेलले भुकम्प पिडीतको राहत र पुनरस्थापनामा पार्टीले निर्देश गरे  अनुसार परिचालित हुन स्थानिय नेता कार्यकर्ताहरुलाई आग्रह गरे । साविक फूलबारी गाउं विकास समितिमा उपमहानगर गठन पछि एमालेले आठौँ वडा अधिवेशन गरेको हो । कार्यक्रममा एमाले चितवनका सचिव तेजेन्द्र खड्काले पार्टीको संगठन सुदृढिकरणका लागि लागिपर्न सबैलाई निर्देशन दिए  ।
 कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष पोखरेल, सचिव खड्का, प्रचार बिभाग प्रमुख अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु पदमपाणि सुवेदी, खोमकान्त रेग्मी, शंकर थपलिया, चन्द्रप्रसाद अधिकारी, तारा अधिकारी, लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन खिलनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।