«

»

भूकम्प प्रभावित पत्रकारलाई त्रिपाल

11146577_750318011755947_6159433777773042690_o नारायणगढ, ९ जेठ भूकम्पबाट प्रभावित चितवनका पत्रकारलाई नेपाल पत्रकार महासंघ, चितवनले टेण्टसहितको त्रिपाल उपलव्ध गराउने भएको छ । उद्योग वाणिज्य–संघ चितवनबाट शनिबार प्राप्त ११ थान त्रिपाल पूर्ण रुपमा घर क्षती भएका चितवनका पत्रकारलाई वितरण गरिने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघको संयोजनमा शनिबार नारायणगढमा उद्योग वाणिज्य संघ, चितवनले त्रिपाल हस्तान्तरण कार्यक्रम राखेको थियो । यसअघि इण्डो नेपाल चेम्बर अफ कमर्श रक्सौलबाट उवासंघलाई ४५ थान त्रिपाल प्राप्त भएको थियो । भूकम्पका कारण चितवनका सञ्चारकर्मीलाई परेको मानवीय र भौतिक क्षतिको विवरण उपलब्ध गराउन महासंघले सबैलाई अनुरोध गरेको र विवरण आउने क्रम जारी रहेको अध्यक्ष हरिप्रसाद पोखरेलले कार्यक्रममा जानकारी गराए ।

‘चितवनका ११ जना पत्रकारको घर पूर्ण रुपमा क्षति पुगेको र अन्य १४ जनाको घरमा आंशिक क्षति पुगेको विवरण महासंघमा उपलव्ध भएको छ ।’– उनले भने । उनले मानवीय र भौतिक क्षति भोगेका सञ्चारकर्मीलाई यथासक्य चाँडो विवरण उपलव्ध गराउन समेत आग्रह गरे ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले देशभर एक हजार पत्रकारहरु प्रभावित बनेको बनाए । महाविपत्तिले पत्रकारहरु विस्थापित भइरहेका बेला उद्योगी व्यवसायीबाट भएको सहयोगले राहत प्रदान गरेको आचार्यको भनाई थियो ।11233601_750318095089272_2818812969623675731_o

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले भूकम्पपछि पीडितहरुलाई राहत संकलन गर्न सञ्चारकर्मीहरुले पनि सहयोगी भूमिका निर्वाह गरेको जनाए । पेशाबाट कत्ति पनि विचलित नभई राहत संकलनमा चितवनका पत्रकारहरुले पु¥याएको योगदानले उद्योग वाणिज्य संघले सञ्चालन गरेको राहत कोषमा अपेक्षबमोजिम रकम जम्मा भइरहेको पनि जोशीले जानकारी दिए । अध्यक्ष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले धन्यवाद मन्तव्य राखेका थिए । हस्तान्तरण कार्यक्रममा उवासंघ चितवनका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सञ्चारकर्मीहरु र कपडा व्यवसायी संघको उपस्थिति रहेको थियो ।