«

»

देवानी’ प्रकृतिका मुद्दा ढिलो फछ्र्यौट

adalatसञ्चारपत्र सम्वाददाता 
भरतपुर, ११ असोज
चितवन जिल्ला अदालतले दुई वर्षयता दर्ता भएकामध्ये एक हजार वटा भन्दा बढी मुद्दा फछ्र्यौट गर्न सकेको छैन । अदालतमा दुई वर्षयता दर्ता भएका मुद्दामध्ये एक हजार ५४ वटा मुद्दा अझै फछ्र्यौट नभएका हुन् ।
फछ्र्यौट नभएका मध्ये पा“च सय ५८ वटा मुद्दा एक वर्षयताका छन् भने बा“की वर्षदिनभन्दा बढीका हुन् । अदालतका श्रेष्तेदार दिनबन्धु बरालका अनुसार एक वर्षदेखि १८ महिना भित्रका ९३ वटा मुद्दा फछ्र्यौट भएका छैनन् । पाँच वटा मुद्दा दुई वर्ष भित्रका छन् भने एउटा दुई वर्ष नाघेको मुद्दा अदालतले अझै छिनोफानो लगाएको छैन ।
दुई वर्ष नाघेको मुद्दा सम्पत्ति विवादको भएको श्रेस्तेदार बरालले बताए । जिल्ला अदालत भरतपुरमा सबैभन्दा बढी ‘देवानी’ प्रकृतिको मुद्दा दर्ता हुने गरेका छन् । ‘देवानी’ प्रकृतिको मुद्दा फछ्र्यौटमा पनि समय बढी लाग्ने गरेको छ । श्रेस्तेदार बरालले व्यक्तिगत झै झगडामा पक्ष विपक्ष अल्झिने भएकाले ‘देवानी’ प्रकृतिका मुद्दा छिनोफानोमा समय बढी लाग्ने पनि जानकारी दिए ।
जिल्ला अदालतमा दुई वर्षको बीचमा एक हजार एक सय ६४ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये छ सय दुई वटा ‘देवानी’ र पा“च सय ६५ वटा ‘फौजदारी’ अभियोगका मुद्दा रहेका छन् । फौजदारी र कर्तव्य ज्यानबाहेकका लेनदेन लगायत अंशवण्डा आदिका विषयमा अदालतमा परेका मुद्दालाई ‘देवानी’ मुद्दामा रुपमा चिनिन्छ ।
अदालतले दुईवर्षयताको अवधिमा एक सय २२ वटा मुद्दा फछ्र्यौट गरेको छ । गएको भदौ महिनासम्मको तथ्याङ्क अनुसार दुई वर्षयता ३९ वटा ‘देवानी’ र ८३ वटा ‘फौजदारी’ अभियोगका मुद्दा फछ्र्यौट भएका हुन् । अदालतको तथ्याङ्क अनुसार ३५ वटा ‘देवानी’ प्रकृतिका मुद्दा एक वर्ष भित्र दर्ता भई फछ्र्यौट भएका हुन् ।
यसैगरी, चितवन जिल्ला अदालतले दशैं बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने भएको छ । अदालतले दशैं बिदाको अवधिभर शनिबार, घटस्थापना र कोजाग्रत पूर्णिमाको दिन बाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको मुद्दाको निवेदन सुनुवाई गर्नको लागि अदालत खुला गर्ने जनाइएको छ ।