«

»

विशेष सुरक्षा योजनाको महिना दिन सकियो

jiprakaचितवनमा घट्यो आपराधिक क्रियाकलाप 
आनन्द पोखरेल
भरतपुर, १२ असोज
चिनवनमा विशेष सुरक्षा योजना लागू भएपछि आपराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कले विशेष सुरक्षा योजना लागु भएको एक महिनाको अवधिमा आपराधिक घटना कम भएको देखाएको हो ।
प्रहरीमा गएको साउन महिनादेखि भदौ ७ गतेसम्म ५८ वटा मुद्दा दर्ता भएका थिए । विशेष सुरक्षा योजना लागु भएको भदौ ७ गतेदेखि असोज ७ सम्म ३७ वटा मुद्दा मात्रै परेका छन् । यो संख्या अघिल्लो महिनाको तुलनामा २१ वटाले कम हो । सुरक्षा योजना लागु भएयता दर्ता भएका ३७ वटा मुद्दामा २७ जना आरोपितलाई प्रहरीले हिरासतमा लिएको पनि जनाएको छ ।
‘विशेष सुरक्षा योजना लागु भएपछि चितवनमा कुनै अप्रिय घटना भएका छैनन्’ जिल्ला प्रहरी कर्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले भने,‘विशेष सुरक्षा योजना लागू भएपछि प्रहरीले आफ्नो सक्रियता पहिलेभन्दा बढाएको थियो ।’
विशेष सुरक्षा योजना लागु भएको एक महिनाको अवधिमा सबैभन्दा वढि सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ । सो अवधिमा परेको १४ वटा सार्वजनिक अपराधको मुद्दामा दुईजना मात्रै फरार रहेको प्रहरी उपरीक्षक कार्कीको भनाई छ ।
विशेष सुरक्षा योजना लागू भएपछि प्रहरीले रातको समयमा गस्ती बढाएको थियो । प्रहरीले नियमित गस्तीको साथै छड्के चेकजा“च, सादा पोशाकका प्रहरी परिचालन पनि बढाएको थियो । उक्त अवधिमा लागुऔषध प्रयोगकर्ता ४ र गा“जा कारोबार गर्ने र सेवन गर्नेसहित तीन जनालाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको थियो ।
विशेष सुरक्षा योजना सञ्चालन गर्नुपूर्वको साउन महिनाभर दर्ता भएका ५८ वटा मुद्दाका ५९ जना आरोपितलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । यो अवधिमा सबैभन्दा बढि सार्वजनिक अपराधका १७ वटा मुद्दाहरु दर्ता भएकोमा ३१ जना आरोपितहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सुरक्षा योजना लागु गरेको अवधिमा चितवन प्रहरीले जवरजस्ती हाडनाता करणी अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यसै अवधिमा कालोबजारी गरेको अभियोगमा तीनजनालई नियन्त्रणमा लिई जनही १० हजार रुपिया“ धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका सहप्रवक्ता प्रहरी निरीक्षक जीवलाल चुदालीले जानकारी दिए ।
यो अवधिमा प्रहरीले मापसे चेकिङलाई पनि कडाइ गरेको थियो । मापसे चेकिङका कारण दुर्घटनाका घटना पनि घटेको प्रहरीको दाबी छ । सुरक्षा योजना लागू हुनुपूर्वको एक महिनाको अवधिमा चितवन जिल्लामा सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका थिए भने, यस अवधिमा एक जनाको पनि ज्यान गएको छैन ।

सवारी जा“चबाट साढे दश लाख संकलन
भरतपुर, १२ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गएको एक महिनामा सवारी चेकजा“चबाट डेढ लाख रुपिया“ संकलन गरेको छ । चितवनमा विशेष सुरक्षा योजना लागु भएयताको एक महिनामा ट्राफिक प्रहरीले दश लाख ५४ हजार सात सय रुपिया“ संकलन गरेको हो । सवारी नियम उल्लंघन गर्ने चालकबाट ट्राफिक प्रहरीले सो राजस्व संकलन गरेको हो ।
एक महिने विशेष सुरक्षा योजनाको अवधिमा राजमार्गमा सवारी चेकजाँच गर्दा दुई सय आठ वटा बस, सात सय ६६ वटा ट्रक, दुई सय १३ वटा कार र एक सय ६४ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । सवारी नियम उल्लंघन गरेर चलाइएका सात वटा बस, तीन वटा ट्रक, आठ वटा कार, एक सय ६७ वटा मोटरसाइकल र एक सय सात जनालाई पक्राउ गरिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । सोही अवधिमा ट्राफिक प्रहरीले दुई सय ४९ वटा सवारी दर्ता किताब (ब्लुबुक) र तीन सय ६७ वटा लाईसेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
सवारी चेकजाँचका क्रममा चेकिङ स्थलबाटै चार लाख ३९ हजार तीन सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक रविन श्रेष्ठले बताए ।