«

»

Sajha Sawal Episode 242: Fertilizer Scarcity and Agriculture

माटो विरलै छुने नेता र उच्च पदस्थ अधिकारीहरुले हिलो पानीमा दुई चार पाईला चप्ल्याङ चुप्लुङ खुट्टा चोबलेर २-४ रोपो धान रोप्दै, असार १५ को दही चिउरा खाए । तर किसानहरुलाई भने उचित सिंचाई नहुँदा बेलामा पानी नपरेर चिन्ता छँदै थियो, त्यसमाथि, समयमा विकासे मल नपाउँदा अर्को चिन्ता थपियो । दुई तिहाइ जनसंख्या कृषक रहेको देशमा खेती लाउने बेलामा मलको हाहाकार, खेती राम्रो भइहाल्यो भने बेच्ने बेलामा भाउ नपाएर हैरानी । कृषिप्रधान देशमा किसान किन सँधै पीडित छन्? कमजोरी कहाँ छ, नीतिमा कि त्यसलाई कार्यान्वयन गर्ने निकायमा ?

नेपाली खेतीबालीका लागि नयाँ बीउ र प्रबिधि सिफारिस गर्ने सरकारी निकाय — कृषि अनुसन्धान परिषद्को खुमलटार कार्यालय परिसरमा तयार गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ- कृषि मन्त्रालयका प्रवक्ता हरि दाहाल, कृषि विशेषज्ञ कृष्णप्रसाद पौडेल र विभिन्न राजनीतिक दल आवद्ध किसानहरुको सञ्जालका संयोजक चित्रबहादुर श्रेष्ठ ।