«

»

प्रधानसेनापतिको नाममा रहेको पेट्रोल पम्पमा तालावन्दी

talabandi photoतेल वितरणमा अनियमितता गरेको आरोप
तीर्थ नेपाल,
चितवन, मंशिर ९ ।
प्रधानसेनापति रविन्द्र क्षेत्रीको नाममा रहेको भरतपुरको अष्टभूजा आयल डिष्ट्रिव्यटरले तेल वितरणमा अनियमितता गरेको भन्दै वाणिज्य तथा आपूर्ती ब्यबस्थापन विभागले तालावन्दी गरेको छ ।

तेल वितरणमा अनियमितता गरेको उजुरी परेपछि वाणिज्य तथा आपूर्ती व्यवस्थापन बिभागका निर्देशक हरिनारायण वेलवासेको टोलीले आज विहान भरतपुरको हाकिमचोकमा रहेको अष्टभूजा आयल डिष्ट्रिव्यटरमा तालावन्दी गरेको हो ।
सो पेट्रोल पम्पलाई बिक्रि वितरणका लागी आयल निगमवाट आएको ९ हजार लिटर पेट्रोल मध्ये करिव १ हजार लिटर पेट्रोल अनियमितता देखिएको प्रारम्भिक अध्ययनवाट फेलापरेको विभागका निर्देशक वेलावासेले जानकारी दिनुभयो ।
astabhuja oil“९ हजार लिटर मध्ये ६ हजार सर्वसाधरणलाई र ३ हजार स्थानिय प्रशासनको अनुमतिमा अत्यावश्यकिय सेवाका लागी बिक्रि वितरण गर्न भनिएको थियो । तर, सर्वसाधरणलाई ताकिएको तेल बिक्रि वितरण नगरी लुकाएर अनुचित लाभ लिन खोजेको देखियो” – पम्पमा बिहान तालावन्दी गरेपछि निर्देशक वेलवासेले भन्नुभयो ।
तालावन्दी पछि पम्पका सञ्चालक मध्येका खिलकान्त वर्तौलालाई पक्राउ गरिएको छ । उनलाई वाणिज्य विभागले थप अनुसन्धान र कार्वाहीका लागी चितवन प्रशासनलाई जिम्मा लगाएको छ ।
अष्टभूजा आयल डिष्ट्रिव्यटरले पारदर्शी तवरले तेल वितरण नगरेको, उपभोक्तालाई झुक्याएको, स्टक विवरण स्पष्ट नराखेको, मास्टर रिडिङ नगरेको र मेशिन कलाव्रेशन नगरेको पाइएको वाणिज्य विभागका निर्देशक वेलावासेले वताउनुभयो ।
chhapaहरेक पम्पले आफ्नो मौज्दातको मास्टर रिडिङ विहान वेलुका गर्नुपर्ने र मेशिनको कलाव्रेशन साउन मसान्त सम्म गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर यस पम्पले साउन मसान्त वितेको चार महिना भईसक्दा पनि अटेर गरेर बसेको देखिएको बेलवासेले बताउनुभयो ।
कसुर ठहरिएमा कालोवजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तरगत कार्वाही हुने छ ।
सो पेट्रोल पम्प प्रधानसेनापति रविन्द्र क्षेत्रिको नाममा रहेपनि सञ्चालनको जिम्मा केही समय यता अरुलाई दिएका थिए ।