«

»

चेपाङ गाउँमा टहरा निर्माण गर्दै काँग्रेस केन्द्रीय सदस्य पौडेल

jitnarayanचितवन, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा चितवनको सिद्धी गाउँ विकास समितिमा भूकम्पबाट भत्किएका घरको पुनःनिर्माण तथा अस्थायी टहरा निर्माण थालिएको छ । पौडेलसहित नेपाली काँग्रेस चितवनका जिल्लास्तरका नेता सिद्धी पुगेका छन् ।
उनीहरूले ३२ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै सामान्य भत्किएका घरको मर्मतमा समेत सहयोग पु¥याउने नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठले जानकारी दिए ।
अधिकांश चेपाङ बस्ती रहेको सो गाविसका छ वटा वडाका विभिन्न गाउँमा नयाँ अस्थायी टहरा निर्माण गरिने श्रेष्ठले बताए । अस्थायी टहरा निर्माण गर्न काँग्रेसका चितवनका सचिव श्रेष्ठ, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर सभापति रूपनराज घिमिरेसहितका ७० जना नेता तथा कार्यकर्ता सिद्धी पुगेका हुन् । टोलीको नेतृत्व गरेका केन्द्रीय सदस्य पौडेलले काँग्रेस कार्यकर्ताले गाउँगाउँमा पुगेर जनताको सेवा गर्ने समय आएको बताए ।
उनले सरकारले प्रभावकारी ढङ्गबाट काम गर्न नसकेको भन्दै जनस्तरबाट जनताको सहयोगमा जुट्न सबैसँग आग्रह गरे । विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको आर्थिक सहयोगले जस्तापाता खरिद गरी श्रमदानबाट टहरा निर्माण थालिएको हो । रासस