«

»

भूकम्पको त्रासमा ‘डकैती’को पीडा

imagesसञ्चारपत्र सम्वाददाता
भरतपुर, ५ जेठ
वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पका कारण त्रासमा रहेकामाथि ‘मौका’ छोपि अपराधिक क्रियाकलप गर्ने गिरोह सक्रिय भएको छ ।
पछिल्लो सयमयमा देशका विभिन्न भागमा अपराधिक क्रियाकलाप बढेको देखिएको छ, यसैबीचमा चितवनको भरतपुर उपमहानगरपालिका वडा नम्बर–६ मा दुई दिनमा दुई फरक तर एउटै प्रकृतिका घटना भएका छन् । दुवै घटनाको प्रकृति डकैती शैलीमा भएको प्रहरीले जनाएको छ । उक्त घटना अहिले प्रहरीको प्रकृति प्रहरीको टाउको दुखाई भएको प्रहरीले स्रोतले जनाएको छ ।
पछिल्लो पटक सोमबार राति भरतपुर–६ को आनन्द चोकमा तुलसी सापकोटाको घरमा घटना भएका हो । सापकोटाको घरमा ढोका फोरेर अज्ञात समूहले सापकोटाकी आमा र छोरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् भने उनीहरुले लगाएका सुनको गहना समेत लुटेर लगेका छन् ।
वडा प्रहरी कर्यालय, नारायणगढका प्रमुख प्रहरी निरीक्षक सत्यनारायण थापाले लुटेराहरुले महिलाहरुलाई नशालु पदार्थ सुँघाएर धारीलो हतियार प्रहार गर्दै लुटपाट गरेको हुनसक्ने आशङ्का व्यक्त गरे । घटना भएको पीडितले थाहा नपाउनु, बिहान परीवारका अन्य सदस्यले थाहा पाउनुले पनि घटना रहस्यमयी भएको प्रहरीले बताएको छ । महिलामाथि धारीलो हतियार प्रयोग गर्दै लुट्ने काम एक दुई जना व्यक्तिको मात्र नभएर गिरोह नै सक्रिय भएको हुनसक्ने थापाले बताए ।
तुलसीको २० वर्षीय छोरी र आमाको टाउकाको अगाडि भागमा निधारभन्दा माथि धारीलो हतियार प्रयोग भएको प्रहरीले बताएको छ । उनीहरुलाई ज्यान लिने तरिकाले हतियार प्रहार गरिएको हुन सक्ने तुलसीका छिमेकी सुशील सापकोटाले बताए । तुलसीको घरबाट पाँच तोला बराबरको सुनको गहना चोरी भएको र अन्य सामान पनि चोरी भएको हुन सक्ने सापकोटाले बताए ।
डकैती गर्ने व्यक्तिले बन्द गरिएको ढोका रडले फोरेर भित्र पसि महिलामाथि हतियार प्रहार गरी उनीहरुले लगाएका गहना लुटेर लगेका छन् । लुटेराले नजिकै कोठामा भएका पुरुष सुतेको कोठाको ढोकामा बाहिरबाट चुक्कुल लगाएर महिलामाथि धारिलो हतियार प्रहार गर्दै लुट मच्चाउनुले अनुसन्धान प्रकृयामा प्रहरीको टाउको दुखाई भएको एक प्रहरीले बताए । ‘यस्तो खालको घटना निकै कम हुने गरेको छ’ स्रोतले भन्यो, –‘यस्तो घटनामा अनुसन्धान गर्न प्रहरीले कुन ठाउँबाट सुरु गर्ने निकै नै गाह्रो पर्छ ।’
घटना सोमबार राति भएको भएपनि मंगलबार बिहान तीन बजेतिर थाहा पाएर प्रहरीलाई खबर गरी घाइतेलाई चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । घाइतेको हाल सर्जिकल वार्डमा खतरामुक्त अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही प्रकृतिको घटना आनन्द चोकदेखि करिब पाँच सय मिटर पश्चिमतर्फ सृष्टि चोकमा आइतबार राति भएको थियो । जगन्नाथ सापकोटोको घरमा पनि अज्ञात समूहले घरभित्र पसि दुई जना महिलालाई धारीलो हतियार प्रहार गर्दै गरगहना लुटेका थिए ।
डकैती गर्ने गिरोहले २५ वर्षीय विष्णु सापकोटा र ५० वर्षीय भीमकुमारी सापकोटालाई धारीलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । यी दुवै जनालाई पनि टाउकोको अगाडिको भागमा निधारभन्दा माथि चोट लागेको बताइएको छ । आफ्नो घरमा आइतबार राति भएको घटना सुनाउँदै जगन्नाथ सापकोटाले भने, –‘मङ्गलबार बुहारीको जापान जाने टिकट थियो, सारा काम सकेर हामी ढिला सुत्यौँ ।’
आफूहरु घरको मूल गेट लगाएर सुतेको तर घरको एका तिरको ढोका लगाउन बिर्सेको र सोही ढोकाबाट लुटेराहरु घरभित्र छिरेर मान्छेमाथि आक्रमण गर्दै लुटेका सापकोटाले बताए । ‘हामी पहाडबाट चितवनमा आएको एक महिना पनि भएको छैन’ सापकोटाले भने, –‘मलाई बाहिरबाट ढोका थुनेर यस्तो घटना गरेछन्, बिहान सानो बाबु रोएपछि मात्र थाहा पाएँ ।’ घटनापछि आफूले छिमेकी गुहारेर प्रहरीलाई खबर गर्दै घाइतेलाई अस्पताल पु¥याएको सापकोटाले बताए ।
नव सरस्वती टोल विकास संस्थाका अध्यक्ष पुस्कर न्यौपानेले अपराधी जो सुकै भएपनि उनीहरुलाई पक्राउ गरी तुरुन्त कारबाही गर्नुपर्ने माग राखे । लुटेराहरुको हतियार प्रहारबाट घाइते भएका दुवैजनालाई कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार गराइएकोमा विष्णुलाई डिस्चार्ज गरिएको र भीमकुमारीको उपचार भइरहेको न्यौपानेले बताए । यस्ता घटनाहरुबाट पाठ लिएर स्थानीयहरु सचेत बन्दै आफूहरु सुरक्षित हुनुपर्ने न्यौपानेको भनाइ थियो ।
उक्त घटनाको अनुसन्धान प्रकृया अप्ठेरो भएपनि प्रहरीले सफलता हात पार्ने प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए । ‘सृष्टिचोकमा आइतबार भएको घटना र सोमबार आनन्दपुरमा भएको घटनाको प्रकृति एउटै प्रकारको छ’ थापाले भने, –‘हामी अनुसन्धानको क्रममा छौँ, अपराधीलाई चाँडै पक्राउ गरी कारबाही गर्नेछौँ ।’ अपराधिक घटना हुन थालेपछि वडा प्रहरी कार्यालयबाट मोबाइल गस्ती, सादा पोशाकका प्रहरी परिचान गरिएको थापाले बताए ।
जनताहरु भूकम्पको त्रासबाट आत्तिए बसेको अवस्थामा अपराधीहरु सक्रिय हुन थालेका भन्दै थापाले स्थानीयलाई सचेत हुन समेत अनुरोध गरे । आगामी दिनमा स्थानीय जनतासँग सहकार्य गरेर अपराधिक घटना हुन नदिने थापाले बताए ।