«

»

हाजिरीजवाफ सम्पन्न

गीतानगर, ५ पुस । पश्चिम प्याव्सन चितवनले नवयुग इङ्लिस स्कुल गीतानगरको संयोजनमा पश्चिम प्याव्सनका संस्थागत विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा जनप्रिय पव्लिक स्कुल गुञ्जनगर पहिलो, गुञ्जनगरकै न्यू भिजन इङ्लिस बोर्डिङ स्कुल दोस्रो र मिलन इङ्लिश स्कुल मिलनचोक तेस्रो भएका छन् ।
प्याव्सनका जिल्ला सदस्य तथा नवयुग स्कुलका कोअर्डिनेटर राजबहादुर भुजेलको अध्यक्षतामा भएको प्रतियोगितामा प्याव्सनका जिल्ला अध्यक्ष बेलबहादुर गुरूङ, उपाध्यक्ष कीर्तिनिधि अर्याल, पश्चिम प्याब्सनाका अध्यक्ष रामप्रसाद घिमिरेलगायतले मन्तव्य राखेका थिए ।