«

»

दलितसंग विवाह गरकोले घरनिकाला,

घर निकालामा परेका दिनेश पिया र संस्कृति घिमिरे ( विश्वकर्मा ) ।

घर निकालामा परेका दिनेश पिया र संस्कृति घिमिरे ( विश्वकर्मा ) ।

विवाह दर्ता ।

विवाह दर्ता ।

आमावावु बिरुद्ध छोराले हाले मुद्धा
तीर्थ नेपाल
चितवन, जेठ १९ ।
दलित युवतीसंग बिहे गरेका कारण नारायणगढमा नेवार समुदायका एकजना युवा घर निकाला भएका छन् । भरतपुर नगरपालिका ३ नारायणगढबजारका दिब्बेश पियाले आफु घर निकाला हुनु परेको भन्दै आमाबुबा सहित परिवारजनका ६ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका छन् ।
पियाले २०७० साल जेठ १२ गते भरतपुर नगरपालिका वडा नम्वर–२ क्षेत्रपुरकी संस्कृति घिमिरे (विश्वकर्मा¬¬) लाई समाजिक पराम्परा अनुसार विवाह गरेका थिए । प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाह पछि घरमा बस्न नदिइएको पिडित दम्पतिले बताए । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा वुवा दिनेश पिया, आमा करुण पिया, ठूलोवुवा माधव पिया, कान्छि आमा चिना पिया र मामा दिपेन्द्र श्रेष्ठ सहित ६ जना बिरुद्ध मुद्धा दर्ता गरेका हुन् । कमिनी विवाह गरेको भनी घर निकाला गरी जातिय बिभेद गरेकाले जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार मुद्धा दर्ता गरिएको छ । कक्षा–१२ मा अध्ययनरत पिया र विश्वकर्मा दुवै जना २० बर्षका छन् । अध्ययनकै क्रममा प्रेम सम्वन्धमा परेकाले आपसी समझदारी विवाह गरेको दुवैजनाको भनाई छ । भरतपुर नगरपालिकामा ०७० साल चैत्र १७ गते विवाह दर्ता भएको छ ।
दलित युवतीलाई विवाह गरेपछि आफुलाई परिवारजनले अपहरणको शैलीमा अंशवण्डावापत ५० लाख रुपैया बुझेको कागजमा हस्ताक्षर समेत गराएको पिडित युवा पियाले बताए । “मलाई अपहरण जस्तो गरी यो कागजमा सही गर्ने भए गर् नत्र तेरो केटीलाई जे पनि गरिदिन्छौ भनेर कागजमा जवरजस्ती सही गराए, मैलाई एकरुपैया पनि पैसा दिएको छैन”– पियाले भने ।
परिवारका एक्ला छोरा दिव्वेसले जन्मदिने वावु आमावाट आफुले असह्य पिडा पाएपछि मुद्धा दर्ता गनृ बाध्य भएको सुनाए । भने, “मैले र मेरो श्रीमतिले छोएको नखाएपनि केही फरक पर्दैन तर घरमा बस्नै नदिन त भएन नी । ” घरपरिवारजनवाट आफुले अत्यन्त ठूलो मानसिक तनाव बेहोरेको बताए ।
छोरा संग मोटरसाईकलमा संगै हिड्यो भनेर आफुलाई तानेर लछार पछार समेत भएको पिडित युवती संस्कृतिले बताईन् । “घरमा वुवाआमा लाई समस्या हुन्छ भने हामी एउटै चुलोमा खाना नखांउला तर दलित लाई विवाह गरेकै कारण यो हदसम्मको अन्याय बेहोर्नुृप¥यो, पढ्ने लेख्ने उमेरमा हामीलाई यो संकट र तनावमा पारिएको छ ”– उनले भनिन् । घरनिकाला भएपछि अहिले दुवैजना माईतीको शरणमा बस्दै आएको उनले बताईन् ।
जिल्ला प्रहरीका कार्यलयमा आईतवार मुद्धा जाहेरी दर्ता भएको पुष्टि गर्दै प्रहरी उपरिक्षक प्रद्युम्न कार्कीले घटनाले आफुलाई समेत मर्माहत तुल्याएको प्रतिक्रिया दिए । “आफ्ना वावुआमा बिरुद्ध मुद्धा दर्ता गर्नुपर्ने विवशता अत्यन्त दुखद छ , हामी सम्वन्धितहरुलाई पहिले बोलाएर आपसी छलफल गर्छौ समस्या नसुल्झिाए कानुनी प्रक्रिया अनुसार मुद्धा अघि बढ्छ ”– कार्कीले भने ।
नवविवाहीत दम्पति लाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरुले संघर्ष समिति गठन गरेका छन् । समितिका अध्यक्ष सहदेव लकान्द्रीले एक बिज्ञप्ती जारी गरी जाहेरी माथी अवाश्यक कार्वाही तत्काल अघि बढाउन माग गरेका छन् । जाहेरी माथी आवश्यक कावाृही गर्न आनाकानी र ढिलासुस्ती भएमा संयुक्त राजनिित दलित संघषृ समिति जस्तासुकै चुनौतीलाई प्रवाह नगरी आन्दोलनमा उत्रनेछ, बिज्ञप्तीमा भनिएका छ । समितिमा जिल्ला स्थित कांग्रेस, एमाले, एमाओवादी, माओवादी निकट दलित संगठनका अगुवा, विश्वकर्मा सेवा समिति र सुनचांदी ब्यबसायी संघका प्रतिनिधी छन् ।