«

»

Sajha Sawal Episode 304: Election Security

सरकार, राजनीतिक दल र निर्वाचन आयोगको तयारी हेर्दा मंसिर ४ मा चुनाव हुने निश्चित देखिन्छ । तर नेकपा—माओवादीले सार्वजनिक रुपमै ‘चुनाव विथोल्छौं’ भनिरहेको बेला सरकारसँग निष्पक्ष र सुरक्षित बनाउन के छ त तयारी? चुनावी सुरक्षाबारेको साझा सवालमा आज गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे हुनुहुन्छ । कुनै राजनीतिक दल वा समूह विशेषले निर्वाचन हुन दिन्न भन्नु गैरकानूनी काम भएको भन्दै गृहमन्त्री घिमिरेले कसैले ‘हामीसँग हतियार छ र हामी त्यसलाई चुनाव रोक्न प्रयोग गर्छौं’ भन्छ भने त्यसलाई सरकारले गैरकानूनी मान्ने र कानूनबमोविम कारवाही गर्ने बताउनुभएको छ । गृहमन्त्री घिमिरेले मंसिर ४ मा निर्वाचनका लागि राजनीतिक दल, सरकार, निर्वाचन आयोग र जनता सवैजना तयार भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ ।