«

»

नेपाल आज अफगानिस्तानविरुद्ध भिड्दै

football toliकाठमाडौँ, २३ भदौ । आठौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ६ः३० बजे हुने सो प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता अफगानिस्तानको सामना गर्ने भएको हो ।

साताँै संस्करणको सेमिफाइनल खेलमा अगानिस्तानसँग एक शून्य गोलले हार बेहोरेको नेपाल यसपटक घरेलु मैदानमा बदला लिँदै उपाधि नजिक पुग्ने दाउमा छ ।

नेपालले जारी साफमा बङ्गलादेश र डिफेन्डिङ च्याम्पियन भारतलाई हराइसकेको छ भने पाकिस्तानसँग एक÷एक गोलको बराबरीमा खेलेको छ ।

नेपाली टिमका कप्तान सागर थापाले यसअघिको प्रतियोगितामा दर्शकको साथ र समर्थनले गर्दा जित हासिल गरेको बताउँदै आज हुने खेलमा पनि जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अगानिस्तान फिफा वारियतामा १३८ औँ स्थानमा छ भने नेपाल १७० औँ स्थानमा छ । नेपाल र अफगानिस्तान अहिलेसम्म पाँच खेलमा आमनेसामने भएका छन् । जसमा नेपालले तीन खेल जितेको छ भने अफगानिस्तानले नेपाललाई एक खेलमा हराएको छ र एक खेल बराबरीमा खेलेको छ ।