«

»

Episode 197: Local Development

जव गाउँको विकासको कुरा आउँछ, तव बाटो, पुल पुलेसा, धारापानी, स्कूल निर्माणको कुरा आइहाल्छ । सरकारले गाविसलाई प्रत्येक बर्ष एकमुस्ट १५ लाख र त्यो भन्दा माथि अनुदान दिने गरेपछि गाउँ गाउँमा डोजर लाने र सडक खन्ने डोजर खेती शुरू भएको छ । सडकसँगै विकास पनि आउँछ भनिन्छ । तर त्यसरी बनाइएका सडकको गुणस्तर के हो त? सडक विकास होइन, विनासको पुर्वाधार बन्यो भने के गर्ने? स्थानीय निकायमा जनप्रतिनिधी नभएका बेला अन्य विकास खानेपानी, पुल, तुइन पनि कसरी निर्माण भइरहेका छन् त?
यस पटकको साझा सवालमा गाउँको विकासका लागि भौतिक पुर्वाधार निर्माणका प्रयास र त्यसको अप्ठेराका बारेमा छलफल हामीले धादिङको विशालटारबाट गरेका छौं । छलफलमा हामीसँग भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्का र स्थानीय विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश थपलिया हुनुहुन्छ ।