«

»

Episode 225: Nepali Sports

कैलालीको धनगढीमा साता दिनअगाडि शुरू भएको छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिता कञ्चनपुरको भीमदत्तनगर (महेन्द्रनगर) मा सम्पन्न भयो । प्रतियोगिताबाट केही नयाँ राष्ट्रिय किर्तिमानहरू बने त केही नयाँ खेलाडीहरूको उदय भयो । र साताभरि नै यहाँको खेलकूदको देशभरि नै चर्चा भयो । राष्ट्रिय खेलकूद प्रतियोगिता भइरहदाँ नेपाली खेलकूदको विकासको चुनौती र सम्भावनाको सवालमा छलफल गर्न साझा सवाल टोली पनि सूदूरपश्चिमको धनगढी पुग्यो । नेपाली खेलकूदबारेको यो बहसमा हुनुहुन्छः नेपाल खेलकूद परिषद्का सदस्य सचिव युवराज लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद संघका अध्यक्ष दीपक विष्ट र नेपाल ऒलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान ।