«

»

नामावली संकलन गर्ने फारम नेकपा – माओबादी कार्यकर्ताले लुटे

नेकपा माओबादीका कार्यकर्ताले चितवनको कविलास गाविसको जुगेडीमा मतदाता नामावली संकलनका लागि पुगेको टोलीले प्रयोग गर्ने फारम खोसेर लगेका छन् । तिनदल र मधेशी मोर्चाविच भएको सहमतीको खारेज हुनु पर्ने ,खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषद विघटन गरी राजनितिक नेतृत्वमा सरकार गठन गर्नु पर्ने  र संविधानमा गरिएको संसोधन खारेज हुनु पर्ने माग गर्दै उनिहरुले मतदाता नामावलि संकलन तथा अद्यँवधिक गर्ने काममा अवरोध पुर्याएका हुन् ।

नेकपा माओवादी चितवन क्षेत्र नं ३ का ईन्चार्ज नारायण शर्मा विपिनले ५०÷६० जनाको संख्यामा रहेका पार्टिका कार्यकर्ताले नामावली संकलनका लागि प्रयोग गरिने फारम लगेको जानकारी दिनु भएको छ । कविलासमा मतदाताको नामावली संकलन कार्य आजबाट सुरु भएको हो ।

दिउसँे सँढे १२ बजे  नेकपा माओबादी कार्यकर्ताको अवरोधका कारण रोकिएको मतदाता नामावली संकलनको काम  दिउसो २ बजे पछि फेरी अगाडी बढेको जिल्ला निर्बाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिनु भयो । जुगेडीमा लगिएको फारम माओबादी कार्यकर्ताले लगेपछि थप फारम पुर्याइएर काम अगाडी बढाइएको उहा“ले जानकारी दिनु भयो ।