«

»

Paisa ko Pida (पैसाको पिडां)

चिकित्सा विज्ञानले मान्छेलाई लाग्ने रोगको उपचार संभव बनाएको छ । तर, उपचार यति महंगो भएको छ कि, सामान्य मान्छे उपचार गराउनै नसकेर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । उपचार गर्न मनग्ये पैसा नभएपछि कन्चनपुरकी ३१ वर्षीया लक्ष्मी पन्त जीवन मरणको दोसाँधमा पुगेकी छिन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लक्ष्मी पन्त अहिले जीवन मरणको दोसांधमा छिन् । उनलाई लागेको रोगको उपचार संभव छ । तर, त्यसका लागि चाहिने जति पैसा उनीसंग छैन । सामान्य आर्थिक अवस्थाको पन्त परिवारले अहिलेसम्म उनको उपचारमा ९लाख रुपैयां खर्चिसकेको छ । न अब पन्त परिवारसंग उपचारका लागि चाहिने पैसा छ, न त लक्ष्मीका लागि मिर्गौला दिन कोही आफन्त नै तयार छन् ।

संवेग