«

»

प्रकाशकीय (सञ्चारपत्र ः सबैको सञ्चारमाध्यम )

imageव्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिन ‘सञ्चारपत्र दैनिक’ प्रकाशनमा आएको छ । ‘सञ्चारपत्र’ प्रकाशनको लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको स्थापना र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । लोकतन्त्रको स्थायित्व र शान्ति र समृद्धिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने हाम्रो संकल्प हो ।
आम पाठकका समयसान्दर्भिक चाहना र रोजाइ नै ‘सञ्चारपत्र’का प्रस्तुति हुनेछन् । यो अब तपाई , हाम्रो अनि सबैको सञ्चारमाध्यम हुनेछ । समाजको सबै वर्ग, पेशा र विचार भएकाहरुको साझा चौतारी बन्नेछ । हामीलाई विश्वास छ, आम पाठकहरुले यो अभियानमा हामीलाइ साथ दिनु नै हुनेछ । वर्षौवर्षसम्म अगाडि बढिरहने हाम्रो चाहना पक्कै अधुरो हुनेछैन भन्ने विश्वास हामी दिलाउन चाहन्छांै । स्वतन्त्र पे्रस र नागरिकको सूचनाको अधिकारलगायतका लोकतान्त्रिक मूल्य–मान्यताप्रति अविचलित नरहनका लागि अबका दिनमा पनि हामी यही मार्गचित्रअनुरुप आफ्नो गन्तव्य तय गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
लोकतान्त्रिक पद्धतिको विकास, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार रÔाजस्ता महत्वपूर्ण विषयमा ‘सञ्चारपत्र’ को प्रकाशनले अग्रपंक्तिमाा रहेर आफ्नो भूमिका निर्वाह गरिरहने छ । आवाजविहीनहरुको आवाज बन्न तथा लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता एवं जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्न हामीले आफ्नो ठाउँबाट जिम्मेवार पहल गर्नेछौं । यसैलाई अर्जुनदृष्टि बनाउने संकल्प पनि हामीले गरेका छौं ।
आदरणीय पाठकवृन्द, तपाईहरुको खवरदारी र निगरानी नै हाम्रा लागि सफलताको खुड्किलो हो । सामाजिक रुपान्तरणका लागि हामी कतै विचलित भईहाले हामीलाई झक्झक्याउनु भएन भने हामी आत्तिन र मात्तिन सक्छौं । सबैको सहयोगविना सत्य, निर्भिक एवं व्यावसायिक पत्रकारितामार्फत रखवाली गर्दै मुलुक तथा जनताका पक्षमा सूचनाको प्रकाश छर्नु ‘सञ्चारपत्र’ का लागि असम्भव पनि हुनेछ । यसैले आमपाठक र शुभचिन्तकहरुसंग हामीले यो अपेक्षा राखेका हौं । हामीसंगको निरन्तर सम्पर्कले आमपाठक, सामथ्र्यहीन भएका र बनाइएका जनता, राष्ट्र र राष्ट्रिय स्वार्थप्रति हामीलाई थप प्रतिबद्ध बन्दै जाने प्रेरणा प्राप्त हुनेछ । आशा छ, ‘सञ्चारपत्र’को प्रकाशनसंगै यसको गतीले सबैको माया र साथ पाउनेछ ।
स्थानीय समसामयिक विषयवस्तुका अलावा हाम्रा प्रस्तुतिहरु विशेष रुपमा विकास, परोपकार, कृषि र रोजगारतर्फ केन्द्रीत हुनेछन् । हाम्रा समाचार र विचारहरु स्वतन्त्र र निर्भिकता झल्काउने खालका बन्नेछन् । शान्ती र समृद्धिको प्रतीकका रुपमा अब ‘सञ्चारपत्र’को यात्रा अगाडि बढ्नेछ । हाम्रो यात्रालाइ अनवरत अगाडि बढाईराख्न फेरि पनि आम पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुले सहयोग एवम् खबरदारी हुनेछ भन्ने आशा र विश्वास लिएका छौं ।
०४६ को जनआन्दोलनपछि देशमा धेरै सञ्चारमाध्यमको उदय भयो । पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनका माध्यमबाट नेपाली पत्रकारिताको विकास अगाडि बढिरहेको छ । यो क्रमसंगै धेरै सञ्चारमाध्यम विविध कारणले बन्द पनि भए । कतिले आम पाठकको मन जित्न सकेनन् । पत्रिका प्रकाशनको रहर जति उत्साहप्रद र रहर लाग्दा हुन्छन्, प्रकाशनपछि यसको निरन्तरताका लागि आइपर्ने हण्डर र ठक्करले धेरैलाई निराश पनि बनाउँदै आएको छ । यसैबीचमा ‘सञ्चारपत्र’ ले पनि प्रकाशनको रहर ग¥यो, त्यो पनि दैनिकका रुपमा । व्यावसायिक पत्रकारिता मजदुत नभइरहेका अवस्थामा तपाईहरुलाई पनि ‘सञ्चारपत्र’को निरन्तरताप्रति शंका लाग्न सक्छ । तर तपाईहरुले ‘सञ्चारपत्र’लाई माया, सद्भाव, सहयोग, निगरानी, खवरदारी गरिरहनु भयो भने हामी आफ्नो यात्रामा कत्ति पनि अविचलित हुने छैनौं । यो हाम्रो प्रतिवद्धता हो । यसो भएमा ‘सञ्चारपत्र ः सबैको सञ्चारमाध्यम’ बनिरहनेछ ।
हरिप्रसाद पोखरेल
सम्पादक÷प्रकाशक