«

»

Sajha Sawal Episode 291: Student Politics in University

संविधानसभा चुनावको पूर्वाभ्यास को रुपमा समेत हेरिएको स्ववियू चुनाव अव हुने वा नहुने दोसाँधमा छ । कतिपयले चार वर्षपछि हुन लागेको स्ववियू चुनाव यसपटक पनि हुन सक्दैन भन्न थालिसकेका छन् । नक्कली विद्यार्थी भर्ना, करोडौं रकमको चलखेल, क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झडप जस्ता गतिविधि बढ्न थालेपछि स्ववियूको औचित्यमाथि पनि प्रश्न उठाएका छन कतिले । विश्वविद्यालयमा अहिलेको जस्तै विद्यार्थी राजनीति आवस्यक छ कि छैन? आज साझा सवालमा हामी विश्वविद्यालयको विद्यार्थी राजनीतिका बारेमा छलफल गर्दै छौं । तपाईंको परिवारका सदस्य वा नजिकका आफन्त विश्वविद्यालय र क्याम्पसहरुमा उच्चशिक्षा अध्ययन गर्दै हुनुहुन्छ होला । विश्वविद्यालयमा अहिले भइरहेको विद्यार्थी राजनीति — यस्तै हुनुपर्छ कि फेरिनु पर्छ ? साझा सवालको यो छलफलमा एनेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, पूर्व विद्यार्थी नेता एवं नेपाली कांग्रेस नेता कमला पन्त र काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा हुनुहुन्छ ।