आज पूर्णिमाको रात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । खगोलीय भाषामा सूपर मून भनिने यस्तो अवस्थामा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले ठूलो र चम्किलो देखिनेछ । खुला आँखाले हेर्दा भने खासै फरक नदेखिने खगोलविद्हरुले बताएका छन् । चन्द्रमा पृथ्वीको नजिक आउँदा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिनेछ । पृथ्वीलाई चन्द्रमाले अण्डाकार कक्षबाट परिक्रमा गर्ने भएकाले कहिले नजिक र कहिले टाढा पुग्ने हुन्छ । यसरी नजिक आउने क्रममा यो वर्ष ३ लाख ५६ हजार ९ सय ९१ किलोमिटरको दूरीमा रहनेछ । अर्को सुपर मून आउँदो महिना हुने भएपनि आजको जति नजिकको दूरी यो वर्षकै कम हुने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार वर्षकै लामो दिनको अर्थात् जुन २१ को आसपास सूपर मूनको अवस्था पनि निकै कम मात्रै हुने गरेको छ । यसअघि सन् २०१२ मे ६ तारिखमा सूपर मूनको अवस्थामा चन्द्रमा पृथ्वीको ३ लाख ५६ हजार ९ सय ५५ किलोमिटर नजिक आएको थियो । सन् २०१४ मा भने अझै नजिक अर्थात् ३ लाख ५६ हजार ८ सय ९६ किलोमिटर नजिक आउने अनुमान छ । चन्द्रमा पृथ्वीको नजिक आउँदा समुद्रमा ज्वारभाटा उठ्ने भएपनि अरु क्षेत्रमा भने कुनै पनि असर नगर्ने खगोलविद्हरुले बताएका छन् ।
Find us on Facebook
Advertise with us !!!
आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- Ajako Rashiphal, 18 March 2013 4 views
- Samaya Sandharva with Bharat Mohan Adhikari 4 views
- Rajatpat, 12 June 2013 Part 2 3 views
- डाक्टर बिजय पौडेलको नौटङ्की ! 3 views
- DCnepal.com – De Ranwary, April 23, 2013 2 views
- Pharak Bhishwo, 28 April 2013 Part 2 2 views
- भूकम्प प्रभावित पत्रकारलाई त्रिपाल 2 views
- प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने 2 views
- DCnepal com Rajan K C, Nov 21, 2013 2 views
- Nepali Lok Bhajan Song – by Gyatri Thapa & Santosh KC 1 view