अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । एकल महिलाको मानवअधिकारको सम्मान र सुरक्षा गरौं भन्ने नाराका साथ एकल महिला समूहलगायत एकल महिलाको क्षेत्रमा क्रियाशिल संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले श्रीमान् गुमाउँदैमा कुनै पनि महिलाको अधिकार गुम्न नहुने भन्दै एकल महिलाले उत्तम जीवनयापन गर्न सक्ने अवस्थाको सिर्जना गर्न उनीहरुको अधिकारका लागि वकालत गर्दै दिवस मनाउन आव्हान गर्नुभएको छ । एक तथ्यांक अनुसार विश्वभर ३६ करोड ५० लाखको हाराहारीमा एकल महिला छन् । झण्डै ११ करोड ५० लाख एकल महिला गरिबीमा बाँच्न बाध्य छन् भने ८ करोड भन्दा बढी महिला शारीरिक दुव्र्यवहार सहन बाध्य छन् । आफू भन्दा बढी उमेरका व्यक्तिसँग बिहे गरेका युवतीहरु सबैभन्दा बढी जोखिममा रहेका युएन वुमनले जनाएको छ । नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ । एकल महिलाहरु ठूलो संख्यामा भएपनि अधिकारको सम्मान अझै पनि हुन नसकेकाले सकारात्मक विभेदमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको माग छ । उच्च तहमा एकल महिलाको सहभागीता, कानून कार्यान्वयन, एकल महिलाको मुद्दामा सरकारले विशेष ध्यान दिई राज्यको मूल प्रवाहमा सामेल गराउन सके मात्रै एकल महिलाको अधिकार रक्षा हुने एकल महिला समुहकी संस्थापक लिली थापाको भनाई छ ।
Find us on Facebook
Advertise with us !!!
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 4 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 2 views
- Musu Musu Na Hasa (मुसु मुसु नहास) – New Nepali Lok Geet 1 view
- Ye Thuli – by Sabitri KC, Prahlad Timilsina & Shambhu Raika 1 view
- नारायणी नदी वौलायो । चितवन डुवानमा ।।। + फोटो फिचर 1 view
- gitaigeet 1 view
- DCnepal com Political Get Togehter, August 25, 2013 1 view
- DCnepal com Intraction With Columnist C K Lal, July 15, 2013 1 view
- DCnepal.com- Relay Strike, Feburary 06, 2014 1 view
- DCnepal com Apanga Maitri Abhiyan, July 12, 2013 1 view