आरोपी रामप्रसादलाई १० दिनको म्याद थप

DSC00742कृष्णप्रसाद अधिकारी हत्या प्रकरण
सञ्चारपत्र दैनिक
भरतपुर, २३ भदौ
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथि अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आइतवार १० दिनको म्याद दिएको छ । न्यायाधीश विनोदमोहन आचार्यले अधिकारीको मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै १० दिन म्याद दिएका हुन् ।   
अदालतबाट म्याद थप गरि हत्या आरोपी रामप्रसादमाथि अनुसन्धान अघि बढाईएकोे जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । ‘आरोपी सबैलाई २५ दिन भित्रै पक्राउ गरेर मुद्धा चलाउने कोशिसमा छौं’ प्रहरी उपरीक्षक कार्कीले भने । निष्पक्ष अनुसन्धानको लागि चितवन प्रहरी सक्रिय रहेको कार्कीले बताए ।
रामप्रसादलाई प्रहरीले उच्च सुरक्षा सतर्कताका साथ अदालत पु¥याएको थियो । शनिवार सार्वजनिक बिदा परेकोले अधिकारीलाई आइतवार अदालतमा पेस गरिएको हो । काठमाडौंमा कम्युनिकेशन व्यवसाय सञ्चालन गरिरहेका गोरखा फुजेलका ३५ वर्षीय रामप्रसादलाई चितवन प्रहरीले गत शुक्रवार काठमाडौंको बागबजारबाट प्रक्राउ गरेको थियो । प्रहरीले उनलाई त्यसैदिन चितवन ल्याएको थियो ।
कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ मा चितवनमा हत्या गरेका थिए । १८ वर्षीय अधिकारी रत्ननगरमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका बेला माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । जेठ २३ गते चितवन आएका उनको जेठ २४ गते दिउँसो अपहरणपछि हत्या भएको थियो । हत्या लगत्तै बाबु नन्दप्रसादले जेठ २५ मा चितवन प्रहरीमा ठाडो उजुरी दिएका थिए ।
२०६२ मंसिर २६ मा कृष्णप्रसादका दाजु नुरप्रसादले हत्यामा संलग्नहरुको विवरण सहित किटानी जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतका श्रेष्तेदार दिनबन्धु बरालका अनुसार अनुसन्धान अघि बढाईएको मुद्धाको जाहेरीमा छविलाल पौडेल, अजिव भनिने पर्शुराम पौडेल, विष्णु तिवारी, मेघनाथ पौडेल, शुभद्रा तिवारी, सीता अधिकारी, हिमलाल अधिकारी, भीमसेन पौडेल, कालीप्रसाद अधिकारी र दुई जना रामप्रसाद अधिकारीको नाम उल्लेख छ ।

मुखमा कालोपट्टि बाँधेर अदालतमा धर्ना

DSC00727 चितवन, २३ भदौ । सर्वोच्च अदालतले सुनुवाइको मौका नै नदिई गम्भीर प्रकृतिका १७ वटा रिट निवेदन खारेजी गरेको सरकारले दुई कानुन व्यवसायीको ल फर्ममा छापा मारेको विरोधमा कानुन व्यवसायीले आइतवार देशभरका अदालतमा धर्ना दिएका छन्  ।
    नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च अदालत लगायतका मातहतका अदालतमा एकसाथ बिहान ११ देखि १२ बजेसम्म मुखमा कालोपट्टी बाँधी कानुन व्यवसायीले धर्ना दिएका हुन् । चितवनमा पनि बार एसोसियसनको आह्वानमा कानुन व्यवसायीहरुले मुखमा कालोपट्टि बाँधेर जिल्ला अदालत परिसरमा एक घण्टा धर्ना दिएका थिए । बार चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले सर्वोच्चले गलत निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए ।
गत बिहीबार सर्वोच्चले मन्त्रिपरिषद्का अध्यक्ष तथा बाधा अड्काउ फुकाउ आदेशविरुद्ध दायर रिट निवेदन सुनुवाइको मौकासमेत नदिई एकैपटक खारेज गरेको र सरकारबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता उद्धव केसीको ल फर्ममा छापा मारेकोले कानुन व्यवसायी विरोधमा उत्रिएका छन् ।   Read the rest of this entry »

Older posts «

» Newer posts