नेपाल आज अफगानिस्तानविरुद्ध भिड्दै

football toliकाठमाडौँ, २३ भदौ । आठौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ६ः३० बजे हुने सो प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता अफगानिस्तानको सामना गर्ने भएको हो ।

साताँै संस्करणको सेमिफाइनल खेलमा अगानिस्तानसँग एक शून्य गोलले हार बेहोरेको नेपाल यसपटक घरेलु मैदानमा बदला लिँदै उपाधि नजिक पुग्ने दाउमा छ ।

नेपालले जारी साफमा बङ्गलादेश र डिफेन्डिङ च्याम्पियन भारतलाई हराइसकेको छ भने पाकिस्तानसँग एक÷एक गोलको बराबरीमा खेलेको छ ।

नेपाली टिमका कप्तान सागर थापाले यसअघिको प्रतियोगितामा दर्शकको साथ र समर्थनले गर्दा जित हासिल गरेको बताउँदै आज हुने खेलमा पनि जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अगानिस्तान फिफा वारियतामा १३८ औँ स्थानमा छ भने नेपाल १७० औँ स्थानमा छ । नेपाल र अफगानिस्तान अहिलेसम्म पाँच खेलमा आमनेसामने भएका छन् । जसमा नेपालले तीन खेल जितेको छ भने अफगानिस्तानले नेपाललाई एक खेलमा हराएको छ र एक खेल बराबरीमा खेलेको छ ।

 

रहेनन् नरबहादुर खाँड

Khad 1सञ्चारपत्र सम्वाददाता
भरतपुर, २२ भदौ
नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि एवम् केन्द्रिय अनुशासन कमिटिका पूर्व अध्यक्ष नरबहादुर खाँडको शनिबार विहान निधन भएको छ । एमालेका पूर्व केन्द्रिय सदस्य समेत रहेका खाँडको ७१ वर्षको उमेरमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको हो ।
 गीतानगर– ६ केशरवाघका उनी लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिए । खाँडको पार्थिव शरीरमा शनिबार नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको तर्फबाट श्रद्धाञ्जली दिएका थिए । नेकपा एमाले चितवनको भरतपुर– १० मा रहेको पार्टी कार्यालय पुगेर नेपालले श्रद्धाञ्जली दिएका हुन् ।
श्रद्धाञ्जली सभामा वरिष्ठ नेता नेपालले स्व. खाँडले पु¥याएको योगदानको कदर गर्दै उनले देखाएको बाटोमा लाग्नुपर्ने बताए । एक प्रेरक व्यक्ति गुमाउँदा पार्टी र देशलाई ठूलो क्षती हुन पुगेको उनले बताए । खाँड पछिल्लो पटक नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य रहेका थिए ।
खाँड चितवनको स्थानीय विकासमा समेत सक्रिय रहेका थिए । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पूर्व बोर्ड सदस्य समेत रहेका उनले अस्पतालको गुरुयोजना निर्माणमा महत्वपूर्ण भुमिका निभाएका थिए । Read the rest of this entry »

Older posts «

» Newer posts